८ वैशाख २०८१ शनिबार
राजनीति

चीनले गोवामै सम्झौता गर्न खोजेको प्रधानमन्त्रीको खुलासा

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवा पुगेका बेला चिनियाँ पक्षले त्यहीँ सम्झौता गर्न खोजेको खुलासा गरेका छन्। गोवामा दाहालको चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट भएको थियो।

चिनियाँ पक्षले गोवामा केही सम्झौता गर्न चाहेको थियो तर मैले दीर्घकालिन अर्थ राख्ने सम्झौता बेइजिङ वा काठमाडौंमै गर्नु पर्ने धारणा राखेँ।'

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा उनले भने, 'चिनियाँ पक्षले गोवामा केही सम्झौता गर्न चाहेको थियो तर मैले दीर्घकालिन अर्थ राख्ने सम्झौता बेइजिङ वा काठमाडौंमै गर्नु पर्ने धारणा राखेँ।'

चीनसँग भूकम्प पछिको पूनर्निर्माण, भौतिक संरचना निर्माण र रेल तथा सडक यातायातको विषयमा त्यहाँ छलफल भएको उनले बताए।

गोवामा राष्ट्रपति सीसँगको भेटमा पनि आफुले नेपाल भ्रमणको निम्ता दिएको प्रधानमन्त्रीले बताए। 'भ्रमणको निम्ता मैले भेटेरै पनि दिएँ', दाहालले भने। त्यसको जवाफमा सीले यो बर्ष मिलेन भने अर्को वर्षभित्र भ्रमण गर्ने बताएको उनले सुनाए।

राष्ट्रपति सी, भारतका प्रधानमन्त्री मोदी र आफ्नो भेटले त्रिपक्षीय साझेदारीको रणनीतिलाई उचाईमा पुर्‍याएको प्रधानमन्त्रीको भनाई थियो।

लोकमानलाई महाअभियोग तीन दलकै सहमतिमा

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादीको सहमतिमै महाअभियोग प्रस्ताव ल्याइएको दाहालले बताए।

'तीन नेताहरुको समान बुझाइमा महाअभियोग प्रस्ताव ल्याइएको हो', उनले भने, 'सहमतिमै यो पास हुने छ।' महाअभियोग प्रस्तावले सत्ता गठबन्धनमा असर नपर्ने बताउँदै उनले भने, 'बजारमा माओवादी कांग्रेस सम्वन्ध विग्रिएको हल्ला चले पनि त्यो सत्य होइन, पार्टी लिडरसिपमा समान बुझाई छ।'

माओवादी लडाकु सिविरको विषय आए पछि कार्की विरुद्व महाअभियोग ल्याइएको भन्नु गलत भएको दाहालले बताए। 'तर प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा रहेको बेलामा संवैधानिक निकायले यहाँ पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीविरुद्व जानु अस्वभाविक थियो', दाहालले भने।

चैत्र भित्रै स्थानीय निर्वाचन

प्रधानमन्त्री दाहालले चैत्र भित्रै स्थानीय निर्वाचन गरिसक्ने बताए। निर्वाचन आयोगलाई निर्वाचनको तयारी थाल्न भनिसकिएको बताउँदै उनले भने, 'आयोगले ४ महिनाको समय माग गरेको छ, त्यसो हुँदा मंसिरबाट आयोगले तयारी थाल्दा पनि निर्वाचन चैत्रमा नै गर्न सकिन्छ।' निर्वाचन आयोगलाई साधन स्रोतमा कमि हुन नदिने स्ष्ट पारे। सिमाङकन आयोगलाई आफ्नो प्रतिवेदन छिटो बुझाउन भनेको बताए। संविधान संशोधन गरेर सबैलाई निर्वाचनमा सहभागि हुने वातावरण बनाइने दाहालको भनाई छ।

संविधान संसोधनका ४ विषय

प्रधानमन्त्रीले संविधान संसोधनबारे दलहरुको छलफल कहाँ पुग्यो भन्ने खुलाउन नमिल्ने बताए। तर उनले त्यसमा ४ विषय औल्याए। प्रदेशको सिंमाङकन एउटा विषय भएको दाहालले बताए। उनले ७ प्रदेश वरपरबाटै सहमति नजिक पुग्न लागेको महसुस भएको बताए।

भाषासम्वन्धी आयोग गठन प्रक्रिया अघि बढेको बताउँदै उनले त्यसको सुझाव अनुसार अनुसूचीमा राखिने बताए। राष्ट्रिय सभामा प्रतिनिधित्व बारेमा पनि बीचबाट सहमति खोजिन उनको भनाई थियो। सबै प्रदेशबाट तीन वा चार प्रतिनिधि गरेर बाँकी जनसंख्याको आधारमा ल्याउन सकिने उनको धारणा छ। र चौथो विषय नागरिकताको भएको बताउँदै उनले यसमा पनि सहमतिको आधारमा अघि बढ्ने बताए।  

प्रकाशित: १४ कार्तिक २०७३ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App