coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

धुर्मुस-सुन्तलीले ठड्याएको गिरानचौर एकीकृत नमूना बस्ती (फोटो फिचर)

गिरानचौर (सिन्धुपाल्चोक)- कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले नेतृत्व गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमुना बस्ती आज स्थानीयलाई हस्तान्तरण हुँदैछ। मेलम्ची नगरपालिका-८ गिरानचौरमा बनेको सामुदायिक भवनसहित ६७ घरको बस्ती फाउन्डेसनको तर्फबाट एक कार्यक्रमबीच राष्ट्रपति विद्या भण्डारीले पीडितलाई हस्तान्तरण गर्दैछिन्। कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि हस्तान्तरण कार्यक्रममा आउँदैछन्।

तामाङ समुदायको यो बस्ती गत वर्ष वैशाख १२ को भूकम्पले ढालेको थियो। ६ महिनामै बस्ती निर्माण गरेर हस्तान्तरण गर्न लागिएको कलाकार सीतारामले बताए। उनका अनुसार जनस्तरबाट संकलित ५ करोड रुपैयाँ भन्दाबढीको लगानीमा यो बस्ती बनेको हो। एकै घरको लागत ८ लाख रुपैयाँभन्दा बढी छ।

निलो रंगको जस्ताले छाइएको आधा सेतो र आधा रातो रंग पोतिएको बस्तीका घर चिटिक्क छन्। प्रत्येक घरको पछाडी लिची र अनारका दुई बोट रोपिएको छ। घरको आँगनमा फूलका दुईटै विरुवा रोपिएका छन्। प्रत्येक घरमा डेढ सय किलोवाटको सोलार प्यानल जडान गरिएको छ। सिँगो बस्तीमा बालबालिकालाई खेल्न बगैँचा र पिङसहितका सात चिल्ड्रेन पार्क छन्। आठवटा सार्वजनिक धारा र चारवटा सार्वजनक शौचालय बनाइएको छ। बस्तीको बीचमा भव्य सामुदायिक भवन छ।

सोलारजडित, चिल्ड्रेन पार्क, पार्क, पार्किङ, सार्वजनिक धारा, शौचालय र फलफूल बगैँचाले सुसज्जित बस्ती 'पाँचमैत्री' (बाल, अपांग, वातावरण, भूकम्प र पहिरोमैत्री) समेत छ।

तस्बिरमा हेरौँ एकीकृत नमुना बस्ती :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App