coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

जावलाखेलमा शुरू भयाे पुष्प मेला

काठमाडौं– राजधानीमा बुधबारबाट दशौं गोदाबरी फूल मेला शुरु भएको छ। आयोजकले यसलाई मेलामा मात्र सीमित नगरी  फूलको व्यवसायीक उत्पादन गर्दै आएका पुष्प व्यवसायीहरुबीचको प्रतियोगितात्मक प्रर्दशनीको रुपमा समेत अघि बढाएको छ।

कृषि मन्त्रालयको सहयोग र नेपाल फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा उक्त चार दिने प्रतियोगितात्मक गोदावरी फूल मेला जावलाखेल मैदानमासुरु भएको हो ।

उक्त पुष्प मेलामा २० हजार मानिसले अवलोकन गर्ने र ३५ लाख बराबरको फूलको कारोबार हुने आयोजक संस्था मध्येको एक नेपाल फ्लोरिकल्चर एसोसिएसनको अनुमान छ। गोदाबरी फुलको व्यवसायीक विकास, विस्तार र प्रर्वद्धनका उदेश्यले गोदाबरी फूल प्रतियोगितात्मक प्रर्दशनी आयोजना गर्दै आएको आयोजकले जनाएको छ।  

प्रर्दशनीमा फूल, विउविजन तथा प्लास्टिकका गमलालगायतका सामान बिक्री वितरणका लागि राखिएको छ।

प्रर्दशनीमा सम्झना नर्सरी प्रथम, अरुण नर्सरी दोस्रो तथा एसआर नर्सरी तेस्रो भएका छन्। विजेताहरुलाई बुधबार एक समारोहकाबीच क्रमशः शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रर्दशनी शनिबारसम्म चल्नेछ।

तस्बिरहरुः प्रबिन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App