६ वैशाख २०८१ बिहीबार
राजनीति

संसद जनताको आस्थाको केन्द्र हो, लोकमानको दरबार हैनः डा. केसी

काठमाडौँ– बरिष्ठ चिकित्सक  डा. गोविन्द केसीले नेपाली कांग्रेसलाई खुट्टा नकमाउन आग्रह गरेका छन्। गोविन्द केसी अलाइन्सले आज राजधानीमा गरेको प्रदर्शनलाई सम्वोधन गर्दै केसीले पुरानो लोकतान्त्रिक दल भएर लोकतान्त्रलाई ढाँट्न नहुने बताए। ‘पुरानो लोकतान्त्रीक दल भन्ने तर लोकतन्त्रविरुद्धका लोकमानको विपक्षमा उभिन नसक्ने’, केसीले भने, ‘जनतालाई ढाँट्ने अधिकार कसैलाई छैन।' संसदमा दर्ता भएको महाअभयोगको पक्ष कांग्रेस उभिनु पर्ने उनको धारणा थियो।

केसीले संसद जनताको आस्थाको केन्द्र भएको, लोकमानको दरबार नभएको बताए। ‘लोकमानको पछि लाग्ने हो भने संसदमा किन बस्नु पर्‍यो उनकै पछि लागे भैगयो’ केसीको भनाई थियो । केसीले लोकतन्त्रका सिपाहीहरु लोकमानको सिपाही हुनु दुर्भाग्या भएको बताए।  

उनले देशमा  प्रधानमन्त्री  देखावटी रुपमा मात्र रहेको तर सबै शासन लोकमानले चलाएको आरोप लगाए। उनले भने ‘अहिले लोकमानतन्त्रमा सबै जना नतमस्तक छन् , प्रधानमन्त्री देखावटी रुपमा मात्र छन् र सबै चलाउने लोकमान छन्। यो प्रवृत्तिले लोकतन्त्र सम्वृद्ध नबन्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

उनले  लोकमानलाई चाहेर पनि कसैले बचाउन नसक्ने बताए। ‘कसैले चाहेर लोकमानलाई बताउन सक्दैन’, उनले भने, ‘दलहरुले नहटाए उनलाई जनताले हटाउँछन्।’ ढिलै भएपनि लोकमानलाई हटाउनु पर्ने सबैले अनुभुत रहेको बताए ।

केसीले संसद जनताको आस्थाको केन्द्र भएको, लोकमानको दरबार नभएको बताए। ‘लोकमानको पछि लाग्ने हो भने संसदमा किन बस्नु पर्‍यो उनकै पछि लागे भैगयो’ केसीको भनाई थियो । केसीले लोकतन्त्रका सिपाहीहरु लोकमानको सिपाही हुनु दुर्भाग्या भएको बताए। 

कांग्रेस सांसद सुरेन्द्र चौधरीले यो विषय छोडेर कुनै पनि दल भाग्न नपाउने बताए। ‘कांग्रेस यो विषयबाट भाग्न पाउँदैन’, उनले भने, ‘गलत प्रवृत्तिका विरुद्ध सबै एक ठाउँमा उभिनु पर्छ।’ विश्वको इतिहाँसमा जनविरोधीहरु जनताको वलद्धरा हटेको उदाहरण दिँदै लोकमान प्रवृत्तिको अन्त्य हुने उनले विश्वास व्यक्त गरे।

माओवादी केन्द्रका ५० र प्रमुख प्रतिपक्ष एमालेका एक सय सात सांसदले संयुक्त रुपमा बुधबार संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका छन्। सत्तारुढ नेपाली कांग्रेसले अझै यो प्रस्तवामा प्रष्ट धारणा बनाउन सकेको छैन। कांग्रेसको स्पष्ट धारणा आउन नसक्दा शुक्रबार बस्ने तय भएको संसद् बैठक सूचना टाँसेर आइतबारसम्म स्थगित गरिएको छ। संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित हुन दुई तिहाइ मत आवश्यक पर्छ।

फोटो/भिडियोः प्रबिन कोइराला/नागरिक

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App