४ वैशाख २०८१ मंगलबार
प्रवास

राजदूत सुवेदीद्वारा पदभार ग्रहण

लन्डन–बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले  बिहीबारदेखि नेपाली दूतावास लन्डनको कार्यभार समालेका छन्। बुधवार साँझ बेलायत आइपुगेका डा. सुवेदीले शुक्रवारदेखि नै आफ्नो पदभार ग्रहण गर्दै सेवाग्राहीको सुविधालाई थप प्रभावकारी बनाउने केही निर्णय गरेका छन्।

नेपाली दूतावास लन्डनद्वारा जारी विज्ञप्तिअनुसार दूतावासले प्रदान गर्ने भिसासम्बन्धी सेवा बिहान ९ः१५ देखि मध्यान्ह १२ बजेसम्म मात्र प्रदान गरिदै आएकोमा आगामी ३ अक्टोबरदेखि सो सेवा बिहान ९ः१५ देखि अपरान्ह ३ः१५ बजेसम्म गर्ने निर्णय गरेको छ।

यस्तै राहदानीलगायत कन्सुलर सेवालाई समेत प्रभावकारी बनाउने उद्देश्यले बिहान ९ः१५ देखि साँझ ५ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली दूतावासका डिसिएम शरदराज आरनले नवनियुक्त राजदूत क्षेत्रीको पहिलो प्राथामिकता दूतावासलाई जनमैत्री बनाउने र सेवाग्राहीलाई थप सुविधा पुर्याउने भएकाले पहिलो दिनमै सेवाग्राहीको हितमा निर्णय भएको बताए।

समय थपपछि नेपाल भ्रमण गर्ने पर्यटकहरु र नेपाली लाभान्वित हुने विश्वास नेपाली दूतावासले लिएको छ। पदबहाली गर्दै डा. सुवेदीले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाइ नेपाल र नेपालीको आर्थिक, सामाजिक विकासका लागि दूतावास सधैं प्रयत्नशील रहने अठोट व्यक्त गरेका छन्।

तत्कालीन राजदूत डा. सुरेशचन्द्र चालिसेले आफ्नो कार्यकाल सकेर नेपाल फर्किएपछि खाली रहेको राजदूत पदमा केपी ओली सरकारको पालामा क्षेत्रीलाई बेलायतका लागि राजदूत नियुक्ति सिफारिस गर्ने निर्णय गरेको थियो। वर्तमान सरकारले सोही निर्णयलाई यथावत राख्दै उनलाई बेलायत पठाएको हो।

 

प्रकाशित: १४ आश्विन २०७३ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App