८ वैशाख २०८१ शनिबार
समाज

कञ्चनपुरमा ३ वर्षीया बालिका बलात्कृत

महेन्द्रनगर- कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १२ मा एक तीन वर्षीया बालिका बलात्कृत भएकी छिन्। भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया निर्मला पन्त र बेल्डाँडी र कृष्णपुरका दुई घटना सेलाउन नपाउँदै चौथो घटना भएको छ। आइतबार बेलुका भीमदत्त नगरपालिका १२ मा बालिकाको बलात्कारको भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाका अनुसार छिमेकी १२ वर्षीय बालकले ती बालिकालाई बलात्कार गरेको बताए। ‘घर नजिकै आगन छेउमा खेलिरहेका समयमा अलि पर बोलाएर बलात्कार गरेको देखिएको छ’, उनले भने, ‘बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ, तर रिपोर्ट आएको छैन।’

उनका अनुसार बालिकाको योनीमा रगत देखिएको छ। परिवारको जानकारी पछि प्रहरीले बालकलाई नियन्त्रणमा लिएको थियो भने बालिकाको स्वास्थ्य परीक्षण गराएको छ। बालकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेर घट्नाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ। नाबालक नै रहेकाले उनलाई हिरासतमा राख्न नमिल्ने कानुनी प्रावधान रहेकाले हिरासत बाहिर राखेरै अनुसन्धान भइरहेको प्रहरीकाे भनार्इ छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App