८ वैशाख २०८१ शनिबार
समाज

धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

दाँङ– अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छाडेकी छन्।आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको तर पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आएकी छन्।

 आँखामा समस्या भएपछि गाउँघरमा अझै पनि देवी देउता लागेको र आँखा बन्द तथा कमजोर भएको भन्ने अन्धविश्वास कायमै छ । आँखामा समस्या आएपछि धामीझाँक्रीबाट झारफुक गर्ने प्रचलन र हेल्चेक्रयायीले गर्दा धेरैले दृष्टिविहीनताको समस्या भोग्नुपरेको छ ।

एक वर्ष पहिले आँखा कमजोर भएकी रोकायले गाउँघरमा धामीझाँक्रीलाई देखाएको र एक वर्षसम्म विभिन्न झारफुक गरेर पनि सञ्चो नभएपछि दाङको लमहीस्थित आँखा अस्पतालमा उपचारका लागि ल्याएको उनका श्रीमानले लालबहादुर रोकायले बताए।
‘धामीले भूतप्रेत लागेको भने र झारफुक गरेका थिए,’ उनले भने, ‘पछि दुवै आँखा बन्द भएपछि स्थानीयको सल्लाहमा आँखा अस्पताल आएका हौैं।’ 

रोकायको मोतिबिन्दुका कारण दुबै आँखा बन्द भएको अस्पतालका नेत्र विशेषज्ञ डा एरिक वैद्यले जानकारी दिए। उनले मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बताए।  त्यसैबीच आर्थिक अवस्था कमजोर भएका रोकाय परिवारलाई लमही आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले बताए । सो परिवारलाई खान, बस्न र यातायात खर्चमा समेत सहयोग गर्ने अस्पतालले जनाएको छ । 

 

प्रकाशित: २९ भाद्र २०७५ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App