८ वैशाख २०८१ शनिबार
प्रवास

भूपू गोर्खाले पेन्सन मुद्दा इयु अदालतमा पनि हारे

लण्डन—भूपू गोर्खाहरुले समान पेन्सन सुविधा पाउनु पर्ने माग राख्र्दै दर्ता गरेको मुद्दामा पराजय हात पारेका छन्। भूपू गोर्खाहरुले आफूहरुले पनि अन्य मुलुकका गोर्खा सैनिक सरह पेन्सन सुविधा पाउनु पर्ने माग राख्दै मुद्दा दर्ता गरेका थिए।

बिहीबार फैसला सुनाउँदै युरापियन कोर्ट अफ ह्यिुमन राइट्सले भनेको छ ‘सन् २००७ मा ल्याइएको नयाँ पेन्सनको नियमअनुसार गौर्खा सैनिक र गैर गोर्खा सैनिकलाई दिइने पेन्सन सुबिधामा कुनै भिन्नता छैन।’

बिहीबार युरापियन कोर्ट अफ ह्युमन राइट्सले पेन्सनमा कुनै भेदभाव नभएको भन्दै भूपू गोर्खाहरुको विपक्षमा फैसला सुनाएको हो।

ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लूस)ले पेन्सनमा भिन्नता भएको भन्दै सन् २०११ मा मुद्दा दर्ता गरेका थिए। यस अघि उनीहरुले बेलायतको अदालतमा समेत पेन्सन मुद्दा हारेका थिए। उनीहरुले गोर्खा सैनिकलाई दिइने पेन्सन सुविधा गैरगोर्खा सैनिककोभन्दा तीन गुणा कम रहेको भन्दै मुद्दा दर्ता गरेका थिए।

बिहीबार फैसला सुनाउँदै युरापियन कोर्ट अफ ह्यिुमन राइट्सले भनेको छ ‘सन् २००७ मा ल्याइएको नयाँ पेन्सनको नियमअनुसार गौर्खा सैनिक र गैर गोर्खा सैनिकलाई दिइने पेन्सन सुबिधामा कुनै भिन्नता छैन।’

गोर्खा सैनिकहरुले सन् १८१५ देखि ब्रिटिस सैनिकका रुपमा सेवा गरिहेका उनीहरुले दुई वटा विश्व युद्धमा लडेका थिए। अहिले पनि करिब  २ लाख गौर्खा सैनिक कोसोभो, साइप्रस, इराक र अफगानिस्तानमा कार्यरत रहेका छन्।

अधिकाशं भूपू गोर्खा सैनिक बेलायतमा बसोबास गर्दै आएका छन्।

प्रकाशित: ३१ भाद्र २०७३ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App