४ वैशाख २०८१ मंगलबार
राजनीति

दाहालले बोलाएको पूर्वप्रधानमन्त्री बैठकमा अाेली अनुपस्थित

भेट पछि सञ्चारकर्मीसँग प्रतिकृया दिँदै एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल। तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग राय लिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पूर्वप्रधानमन्त्रीसँगको छलफलमा दाहालले भारत भ्रमणकासम्बन्धमा सुझाव लिएका छन्।

पूर्व प्रधानमन्त्रीहरुले राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग सम्बन्ध र सम्झौताहरु अगाडि बढाउन सुझाव दिएका थिए। प्रधानमन्त्री दाहाल बिहीबार भारत भ्रमणमा निस्कदै छन्। प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दाहाललाई अलग्गै भेटेर राय-सुझाव दिएका प्रधानमन्त्री दाहालका स्वकीय सचिव मल्लले बताए। ‘वहाँले बेग्लै भेटेर सुझाव दिनुभएको थियो त्यसैले आज नअाउनु भएको होला।’ उनले भने।

भेटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द उपस्थित थिए। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनाल अनुपस्थित रहेका प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले दाहाललाई लिखित सुझाव दिएका छन्।

भट्टराईको १० बुँदे सुझाव मध्येको ६ नम्बर बुँदामा उल्लेख छ- आर्थिक विकास निम्ति विदेशीसँग भीख माग्ने युग पुरानो भइसक्यो । अब तीब्र वेगमा आर्थिक क्रान्तिका लागि हामीले कसैसँग अनुदान सहयोग होइन ऋण सहयोग (LOC), पूँजी लगानी र व्यापार सम्बन्धमा जोड दिनुपर्छ । भारतसँग पनि हामीले त्यसै गर्नुपर्दछ । खासगरी ठूला भौतिक पूर्वाधार योजना हामीले अनुदान सहयोगमा होइन नरम ऋण (Soft Loan) लिएर आफैं निर्माण गर्ने नीति लिनुपर्दछ । यसक्रममा बहुचर्चित काठमाडौं–निजगढ ‘फाष्टट्रयाक’ हामीले भारतीय वा अन्यत्रबाट नरम ऋण लिएर नेपाल आफैंले निर्माण गर्नुपर्दछ ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दाहाललाई अलग्गै भेटेर राय-सुझाव दिएका प्रधानमन्त्री दाहालका स्वकीय सचिव मल्लले बताए। ‘वहाँले बेग्लै भेटेर सुझाव दिनुभएको थियो त्यसैले आज नअाउनु भएको होला।’ उनले भने।

प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्रीसँगको भेट लगतै राजनीतिक दलका प्रमुखहरुसँग भेट गरेका छन्। राप्रपा अध्यक्ष कमल थापा राजधानी बाहिर रहेकाकारण उनको दलबाट प्रतिनिधि सहभागी छन् भने अन्य सबै दलका अध्यक्ष एवं प्रमुखहरू छलफलमा सहभागी रहेका मल्लले बताए।

दलका अध्यक्षसँग परामर्श गर्दै प्रधानमन्त्री दाहाल। तस्बिरः दिपेश श्रेष्ठ

प्रकाशित: २८ भाद्र २०७३ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App