८ वैशाख २०८१ शनिबार
राजनीति

भारतको ७० औं स्वतन्त्रता दिवस नेपालमा पनि मनाइदै

काठमाडौं – भारतको ७० औं स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय नागरिक समाज नेपालले भारतीय राजदूतावासको सहकार्यमा काठमाडौंमा विविध कार्यक्रम आयोजन गर्ने भएको छ। 

काठमाडौंस्थित भारतीय दूतावासमा शनिबार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा दुवै देशका संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति र महोत्सवको आयोजना हुने भारतीय राजदूतावासले जनाएको छ।

यस्तै कार्यक्रममा भारत कोतकाताको किनकिनी समूह र काठमाडौंकोे डीएभी स्कुलको विशेष प्रस्तुति रहने बताइएकाे छ। कार्यक्रमको उद्घाटन नेपालका लागि भारतीय राजदूत मंजीभ पुरीले गर्नेछन्।

प्रकाशित: २५ श्रावण २०७५ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App