१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरहरा पुनर्निर्माणको ठेक्का प्रक्रिया स्थगित

भूकम्प गएको पाँच दिनपछि २०७२ वैशाख १७ गते खिचिएको धरहरा। तस्बिर: दिपेश श्रेष्ठ/नागरिकतस्बिर

काठमाडौं– भूकम्पमा ढलेको धरहरा पुनर्निर्माण गर्ने प्रक्रिया स्थगित भएको छ।

मंगलवार दिउसो ११ बजे धरहरा पुनर्निर्माणको ठेक्का दिन आर्थिक प्रस्ताव खोल्ने कार्यसूची अनुसार छनौट भएका निर्माण कम्पनीलाई बोलाइएपनि केही कम्पनीको योग्यतामाथि शंका गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि रोकिएको हो।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेका अनुसार प्रधानमन्त्री कार्यालयमा उजुरी परेकाले ठेक्का प्रक्रिया रोकिएको हो । घिमिरेले नागरिकन्यूजसँग भने, ‘छनौट भएका विभिन्न फर्मको योग्यताका बारेमा शंका गर्दै उजुरी परेपछि यसबारे अध्ययन अनुसन्धान नभईकन प्रक्रिया अगाडि बढाइएन।’

प्राधिकरणले वैशाख ३१ गते सूचना प्रकाशन गरि धरहरा निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्र बमोजिम ठेक्का प्रस्ताव गर्नेहरुमध्ये पाँच वटा फर्मको प्राविधिक प्रस्ताव छनौट गरि असार २० गते प्राधिकरणले अर्को सूचना जारी गरि आर्थिक प्रस्ताव खोल्न ती फर्मलाई आमन्त्रण गरेको थियो। छनौट भएका पाँच फर्मको नामसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अखवारमा प्रकाशित गरेको सूचना।
 

प्रकाशित: २६ असार २०७५ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App