coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विपत् व्यवस्थापनका लागि तयार रहन स्थानीय तहलाई निर्देशन

काठमाडौं – मनसुनको समयमा बाढीपहिरोजस्ता विपत् व्यवस्थापनका लागि तयार रहन सरकारले स्थानीय तहहरूलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहहरूलाई विपत् व्यवस्थापनको तयारीमा लाग्न निर्देशन दिएलगत्तै मन्त्रालयले पनि स्थानीय तहहरूलाई पत्र लेखेरै विपत् व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्यका लागि तयार रहन भनेको हो।

मन्त्रालयले लेखेको पत्रमा विपत् व्यवस्थापनको विषय संविधानले तीनै तहको साझा अधिकारका रूपमा उल्लेख गर्नुका साथै स्थानीय तहको एकल अधिकारका रूपमा समेत विपत् व्यवस्थापनमा भूमिका निर्वाह गर्नुपर्ने भएकाले विपत् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखी काम गर्न भनिएको छ। पत्रमा विपत् व्यवस्थापनका लागि जनप्रतिनिधिलाई क्षमता विकास क्रियाकलाप सञ्चालन गर्न समेत भनिएको छ।

‘विपत् व्यवस्थापन सरकारको प्राथमिकताको विषय रहेकाले सबै स्थानीय तहले आफ्नो बजेट तथा कार्यक्रममा विपत् व्यवस्थापनलाई प्राथमिकतामा राखी काम अघि बढाउन र स्थानीय तहमा विपत्को क्षेत्रमा कार्यरत संघसंस्थासँग समन्वय गरेर विपत् जोखिम नियन्त्रणका कार्यक्रम कार्यान्वयन गर्न अनुरोध छ,’ मन्त्रालयले भनेको छ ‘प्रत्येक मौसमी विपत्को समयमा समेत पूर्वतयार रहन अनुरोध छ।’ नेपालमा विपत् व्यवस्थापनको राम्रो तयारी नहुँदा भारी बर्खाबाट आउने बाढीपहिरोका कारण बर्सेनि थुप्रै धनधनको क्षति हुने गरेको छ।

प्रकाशित: १९ असार २०७५ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App