८ वैशाख २०८१ शनिबार
अर्थ

शक्ति मिनरल्स पहिलाे उद्योग बन्दै

बुटवल - उद्घाटन भएको झण्डै ४ बर्षपछि भैरहवा स्थित विशेष आर्थिक क्षेत्र सेजमा उद्योग स्थापनाको काम सुरु भएको छ । लामो समय पछि यहाँ एउटा उद्योग आएको हो । ४० करोड लगानीमा स्थापना हुन लागेको शक्ति मिनरल्स प्रालिले गत बुधबार देखि निर्माणको काम थालेको छ।

। यो उद्योगले फलाम तथा स्टिल उद्योगमा कच्चा पदार्थकै रुपमा प्रयोग हुने फ्लक्स उत्पादन गर्नेछ। बिलेट,स्पोन्जाइरन जस्ता आइरन उत्पादन गर्ने ठुला स्टिल उद्यगि आवश्यक कच्चा पदार्थ फ्लक्स उत्पादन गरी भारत निर्यात गरीने उद्योगका संचालक दिपक कुमार झाले बताए । नेपालमा त्यसप्रकारका ठुला उद्योगहरु नभएकाले उत्पादित फ्लक्स सत प्रतिशतनै भारत निर्यात गर्नु पर्ने अवस्था छ ।

यो उद्योगकालागि आवश्यक कच्चा पदार्थ लाइमस्टोन,डोलामाइट हो । लुम्बिनी अंचलका बिभिन्न चुनढुगां खानीहरुमा स्तरीय डोलामाइट प्रयाप्त भएकाले यहीको कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरीने उद्योगका संचालक झाले बताए ।

उनका अनुसार उद्योगमा प्रत्यक्ष २ सयजनाले रोजगारी पाउनेछन । निमार्णको काम सकेर जनवरी देखि उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ । १८ हजार स्क्वायर मिटरको ८ वटा प्लट लिएको शक्तिले ६ महिनाको जग्गा भाडा ११ लाख ५ हजार रुपैंया तिरीसकेको छ । सेजमा उद्योग दर्ता तथा सम्झौताको दिन देखि जग्गाको भाडा तिर्नु पर्छ । उद्योगले पहिलो बर्ष जग्गा भाडामा ५० प्रतिशत दोश्रो बर्ष ४० र तेश्रो बर्ष २५ प्रतिशत छुट पाउने व्यवस्था छ ।

जग्गाको भाडा घटाउने तयारी

सेजमा २० रुपैँया प्रतिस्क्वायर मिटर भाडा निर्धारण गरीएको छ । यसअघि बिद्युतको ग्यारेन्टि र जग्गाको भाडा घटाउन माग गर्दै सम्झौता र दर्ता नगरी लगानीकर्ताहरु बस्दा उद्योग स्थापना हुन सकेको थिएन ।

श्रोतका अनुसार जग्गाको भाडा घटाउने आश्वासन पाएपछि अहिले लगानीकर्ताहरु उद्योग दर्ता र सम्झौताकालागि तयार भएका छन । जग्गाको भाडा ५० प्रतिशत सम्म घट्न सक्ने बताइएको छ । त्यस्तै सेज ऐनमा यहाँ स्थापित उद्योगले ७५ प्रतिशत उत्पादन निर्यात गर्नु पर्ने प्रावधान छ । यसलाइ घटाएर ५०÷ ६० प्रतिशतमा झार्ने गरी सेज ऐन संसोधनको तयारी भइरहेको बताइएको छ ।

सेजका उद्योगले सुरुका ५ बर्ष आयकर छुट पाउने छन । निर्यात गर्ने बस्तुमा प्रयोग भएको कच्चा पदार्थ र मसीनरी सामानको आयातमा भन्सार छुट हुनेछ ।यहाँ स्थापना हुने उद्योगहरुले हाल १० मेघावाट बिद्युतको माग गरेका छन । यहाँ उद्योग निमार्णकालागि पुग्ने बिजुली भएपनि उद्योग संचालन गर्न पुग्ने बिद्युतको जोहो अझै भइसकोको छैन । लगानीकर्ताले उद्योग निर्माणको काम सकुन्जेल २० मेघावाट बिद्युत सेजमा ल्याइपुरयाउने सेजका कार्यकारी प्रमुख चन्डिकाप्रसाद भट्टले बताए । एकडेढ बर्षभित्रै २० मेघावाट बिद्युत उपलब्ध गराउने प्राधिकरणको प्रतिबद्धता सगैं लगानीकर्ताहरु उद्योग दर्ता र सम्झौताको प्रक्रियामा आएको सेज प्राधिकरणका प्रवक्ता सुन्दर थापाले बताए ।

सेज ऐनमा उद्योग दर्ता गरेको एक बर्ष भित्रै व्यवसायिक उत्पादन थाल्नुपर्ने प्रावधान छ । विशेष परिस्थितीमा भने कामको प्रगतिको आधारमा एकबर्ष थप गर्न सकिने उल्लेख छ । सेजमा निमार्ण भएका प्रशासनिक र सेवा भवनबाट उद्योगीहरुका लागि सम्पूर्ण सेवा सुविधा उपलब्ध गराइने छ ।

२६ वटा उद्योग स्थापना हुने

सेजमा २६ वटा उद्योग संचलन हुनेछन । तीनले ८ अर्व लगानी गर्नेछन । दुइ वटा उद्योगमा भारतीय लगानी पनि रहेको सेज प्राधिकरणले जनाएको छ । यहाँ ५ हजार जनाले रोजगारी पाउने छन ।

सेजमा संचालन हुने उद्योगहरुमा किरन सुज म्यानुफ्याक्चर्स,महेन्द्र कुमार गोयलको गार्मेन्ट उद्योग,एक्सन पोलिमर्स प्रा.लि,सिद्धार्थ पेट ल्लाष्ट इण्डष्ट्रिज प्रालिको प्रिर्फम र पिभिसि म्याट का दुइ वटा उद्योग छन । त्यस्तै सुगम नानो हर्बल प्रालि, इन्टर टेक पाइप फिटिङ,सरोज श्रेष्ठको गार्मेन्ट प्रोशेसिङ्ग उद्योग, मिनरल वाटर उद्योग,आइडिएस इलेक्ट्रिक प्रालि,ट्रान्स हिमालय वेभरेज प्रालि,जगदम्बा सिन्थेटिक प्रालि र एसियन थाइफुड छन ।

त्यस्तै सिआर सिट म्यानुफ्याक्चर्स उद्योग,पञ्चकन्या पिभिसी पाइपस प्रालि,शक्ति मिनरल्स प्रालि,पञ्चकन्या स्टेनलेस स्टिल्स टयाङ्क,आइडिएस इलेक्ट्रिक प्रालि,पञ्चकन्याको सिपिभिसि एण्ड पिपिआर पाइपस एण्ड फिटिङ्ग प्रालि,पञ्चकन्याकै एचडिपिइ पाइप म्यानुफ्याक्चरिङ्ग,श्यम कुमार लोहियाको सावुन उद्योग,बुद्ध नेपकिन एण्ड टिस्यु पेपर उद्योग,क्रियसन वल्ड वाइड प्रालि,एलइडि लाइट म्यानुफ्याक्चरिङ,एस प्लाष्टिक उद्योग छन । सेजमा सबैभन्दा ठुलो लगानी किरन सुज म्यानुफ्याक्चरर्सको छ । उसको प्रस्तावित लगानी १ अर्ब ५४ करोड छ । त्यस्तै जगदम्बा सिन्थेटिक प्रालिको १ अर्ब १६ करोड लगानी रहने छ ।

 

प्रकाशित: १९ असार २०७५ ००:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App