८ वैशाख २०८१ शनिबार
समाज

भिटामोड जलेश्वर जनकपुर सडकको अवस्था बेहाल

थोरै वर्षा हुँदा निर्माणधिन भिटामोड जलेश्वर जनकपुर सडकको बेहाल अवस्था । तस्बिर : नागरिक

महोत्तरी– निर्माणाधिन भिटामोड जलेश्वर जनकपुर सडकको निर्माण कार्यमा सम्बद्ध ठेकेदार कम्पनिहरुले जेठ मसान्तभित्रै दुई लेन ग्राभेल सडक निर्माण कार्य पुरा गरिसक्ने भने पनि सो काम असारको दोस्रो साता हुन लाग्दा समेत पूरा हुन सकेको छैन्। 

सडक निर्माणका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीका सिडिओ बाबुराम श्रेष्ठले अग्रसरता लिदैं निर्माण सम्बद्ध ठेकेदार कम्पनीलाई वर्षात लाग्नु अगावै जेठ मसान्तभित्र दुई लेन ग्राभेल सडक निर्माण गरिसकेर अवागमन अवरुद्ध हुन नदिने निर्देशन दिएको र ठेकेदार कम्पनीहरुले पनि सोही अनुरुप वाचा गरेपनि सो कार्य पुरा हुन सकेको छैन्। 

थोरै वर्षा लाग्दा नै भिटामोड जलेश्वर जनकपुर सडकको बेहाल हुन पुगेको छ। निर्माण सम्बद्ध ठेकेदार कम्पनीले जलेश्वरको जिरोमाइलदेखि भिठामोडसम्मको सडकमा माटोकै काम सम्पन्न गर्न नसक्दा उक्त सडक हिलाम्य भएर पैदल हिड्न समेत सम्स्या हुन थालेको छ। 

सिडिओ श्रेष्ठले हुलाकी सडक आयोजना प्रमुख सन्तोष कर्ण र निर्माण कार्यको ठेक्का लिएका ठेकेदारहरुलाई पटक पटक ताकेता गर्न थालेपछि उक्त सडक निर्माणको कामले गति लिए पनि समयावधि अनुसार काम पुरा हुन सकेको छैन्। 

यही तालमा काम हुने हो भने तोकिएकै अवधिका काम पूरा हुने सम्भावना न्युन रहेको स्थानीय राजनन्दन कापरको भनाई छ।

यता उक्त सडकको ४५ प्रतिशत काम सम्पन्न भईसकेको हुलाकी सडक आयोजनाको प्रमुख सन्तोष कर्णले बताए। उनका अनुसार १८.५ किलोमिटर सडकमध्ये १५ किलोमिटर सडकमा ग्राभेलको काम सम्पन्न भइसकेको छ। बाँकी रहेको ३.५ किलोमिटरमा ग्राभेलको काम सम्पन्न हुन सकेको छैन्।

वर्षा अगावै दुई लेन ग्राभेल सडक निर्माण कार्य सम्पन्न गरिसक्ने भनिएपनि जेठ मसान्तदेखि खोलाबाट गाभ्रेल निकाल्न रोक लगाइए पछि ग्राभेल हाल्न बाँकी सडकको काम पूरा हुन नसकेको कर्णको भनाई छ। 

ठेकेदार कम्पनीहरुलाई कम्तीमा पनि दुई लेन सडकमा ग्राभेल सक्न निर्देशन गरेपनि सोअनुरुप विभिन्न कारणवंश काम हुन नसकेको कर्णले स्वीकारेका छन्। 

यता प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले चार लेन सडक निर्माण भइरहेको भिठामोड जलेश्वर जनकपुर सडकको जेठ मसान्तभित्रै दुई लेन ग्राभेल गरिसक्ने निर्देशन दिएपनि ठेकेदारहरुले एकैसाथ चार लेन नै ग्राभेल हाल्न थालेपछि काममा ढिलाई भएको बताए। 

यसका साथै्र ग्राभेल अभाव भएको कारणले पनि पुरै सडकमा ग्राभेल हाल्न नसकेको उनको भनाई छ। वर्दिवास नगरपालिकासंग समन्वय गरेर भिटामोड जलेश्वर जनकपुर सडकको लागि चाहिने आवश्यक ग्राभेल खोलाबाट उठाउन दिनका लागि पहल भइरहेको उनले जानकारी दिए।

नेपाल सरकारले १८.५६ किमिको उक्त सडक दुई प्याकेजमा निमार्ण गर्ने र त्यसका लागि प्योकज नम्बर १ अन्तर्गत जिरोमाईल देखि ९ किलामिटर सडक श्री प्रतिभा वाई पि जे.भीलाई ४३ करोड ५४ लाख ७२ हजार ८ सय ७४ रुपैंया भ्याटसहितमा ठेक्का सम्झौता गरेको र प्योकज नम्बर २ मा ९ किलोमिटरदेखि १८.५६ किलोमिटरसम्म श्री आशिष पप्पु रोशन जेभीलाई ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैँया भ्याटसहित बजेट निकासा भई ठेक्का सम्झौता गरेको थियो। उक्त सडकको ठेक्का अवधि ३ वर्ष रहेको र सडक २३ मिटर चौडा ४ लेनको कालोपत्रे सडक निर्माण हुने जनाइएको छ।

निर्माणधिन उक्त सडक डिविएसडी डिजाईनमा निर्माण कार्य सम्पन्न हुने जनाइएको छ। सडकमा २० सेन्टिमिटर मोटाई भएको पिच निर्माण गर्ने डिजाइनमा काम भइरहेको छ। निर्माण कार्य शुरु भएको २१ महिना बितिसकेको छ। 

नेपाल सरकारको आर्थिक वर्ष ०७३÷०७४ को बजेट अनुसार भिटामोड जलेश्वर जनकपुर सडकखण्ड हुलाकी राजमार्गको चार लेन कालोपत्र समेत हुनेगरी निर्माण गर्न नेपाल सरकारद्वारा निर्णय भएको र उक्त आयोजनालाई ३६ महिना भित्रै कार्य पूर्णरुपमा सम्पन्न गर्ने २०७३ भदौं २३ मा नेपाल सरकार र प्रतिभा वा.पी.जे.भी. तथा अषीश पप्पू रोशन जे भी गरी दुई वटा कन्सट्रक्सन कम्पनीहरु बीच सम्झौता भएको थियो। 

उक्त सडकले यस क्षेत्रको जनकपुर जलेश्वर दुई ठुला शहरहरु पनि जोड्ने प्रमुख सडक रहेको र यसै सडक भएर भारतको विहार राज्यको सितामढी जिल्लाहरुबाट धार्मिक पर्यटक भित्राइ राजस्वमा ठुलो योगदान पु¥र्याउने मुल सडकको रुपमा रहेको छ। 

४४ वर्ष पहिले दुई लेन कालोपत्रे बनेको उक्त सडक आवश्यक रेखदेख र मर्मत सम्भारको अभावमा एक दशक देखि जिर्ण अवस्था रहेको कारण हिँडनै नसक्ने अवस्थामा रहेको थियो। 

प्रकाशित: १० असार २०७५ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App