coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आर्थिक विकास र गरिबी न्यूनिकरणमा गाउँपालिकाको जोड

अछाम– अछामको मेल्लेख गाउँपालिकाले आर्थिक विकास र गरिबी न्यूनिकरण गर्न आगामी बजेटमा गरिबी न्यूनिकरण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएको छ।

आर्थिक वर्ष २०७५/७६ को आर्थिक नीति तथा कार्यक्रम आइतबार एक कार्यक्रमकाबीच सार्वजनिक गर्दै गाउँपालिकाले उक्त योजना सार्वजनिक गरेको हो। गाउँपालिकाले आगामी दिनमा गाउँपालिकाले विशेष गरिआर्थिक विकास तथा गरिबी निवारण, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने योजनाहरु लाई कार्यन्वन गर्न योजना बनाएको छ। 

मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाहीले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले भने, ‘आधुनिक कृषि प्रविधिको अवलम्बन गर्न विशेष ध्यान दिई, साना सिँचाई, युवा स्वरोजगार, सहकारी खेतीजस्ता कार्यक्रमहरुले साना कृषक, पिछडिएका दलित महिला तथा सीमान्तकृत कृषकलाई प्रोत्साहन गर्न अनुदानको कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिइएको छ।’

कृषि र अर्गानिक खेतीमा जोड दिन यसै आर्थिक वर्षबाट माटो परीक्षण गरी एक वडा, एक फलफूल बगैंचा, किवी खेती विस्तार, मसला बाली, आलु ब्लक तथा पकेट क्षेत्रलाई विशेष जोड दिइने गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिए। उनले भने, ‘बैदेशिक रोजगारीमा जाने युवालाई आकर्षण गर्न युवा लक्षित कार्यक्रम ल्याइएको छ।’

जसमा मौरीपालन, फलफूल बगैचा, कृषि फर्ममार्फत गाउँपालिकामा एउटा तरकारी संकलन केन्द्र निर्माण गरी कृषि उत्पादनलाई हौसला प्रदान गरिने छ। पशु उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृत्रिम गर्भाधान पशुहरुको औषधि उपचारको लागि एक वडा, एक प्राविधिकको व्यवस्था गरी कृषकहरुलाई प्रोत्साहन गर्न भैंसीपालन समूह निर्माण गरी कृषकलाई प्रोत्साहन स्वरुप पुरस्कार पनि दिइने नीति गाउँपालिकाले ल्याएको छ। 

प्रस्तुत नीति तथा कार्यक्रमका लागि गाउँपालिकाले चालुतर्फ ५ करोड १४ लाख १२ हजार ३ सय ४० र पूँजीगततर्फ ११ करोड ६६ लाख ५५ हजार ६ सय ६० रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको छ। 

प्रकाशित: १० असार २०७५ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App