७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

आणविक नि:शस्त्रीकरण गर्न सघाउन मुनद्वारा पुटिनलाई आग्रह

सोल- रूसीे भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई कोरियाली प्रायद्वीपलाई आणविक रूपमा नि:शस्त्रीकरण गराउने कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।

आइतबार तीन दिन लामो भ्रमण सकी फर्किनुपूर्व सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफूले रूसी राष्ट्रपति पुटिनसँग उक्त कुरा राखेको बताए। उनको राष्ट्रपतिका रूपमा रूसमा पहिलो भ्रमण हो। 

मुन शनिबार मेक्सिकोसँग दक्षिण कोरियाले खेलेको विश्वका खेललाई पत्नी किम जोङ सुककासाथ रहेर अवलोकन गरेका थिए। खेलमा मेक्सिकोले दक्षिण कोरियाली समूहलाई २–१ गोल अन्तरले हराएको थियो। 

भ्रमणका समय राष्ट्रपति मुनले रूसी राष्ट्रपति पुटिनलगायतका अन्य उच्च पदस्थ अधिकारीसँग पनि भेट गरेका थिए।

भेटका क्रममा दुई नेताले रूस र दक्षिण कोरियाबीचको सम्बन्धलाई प्रगाढ बनाउने बिषयमा वार्ता भएको थियो। उनीहरूबीच स्वतन्त्र ब्यापार सम्झौता गर्नका लागि पहल गर्ने कुरामा सहमति भएको जनाइएको छ। 

प्रकाशित: १० असार २०७५ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App