७ वैशाख २०८१ शुक्रबार
समाज

पाँच स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल । तस्बिर : नागरिक

खोटाङ– खोटाङको पाँच स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रम ल्याएको छ। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपीलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आइतबार एकैसाथ आर्थिक वर्ष २०७५/०६७ को वार्षिक बजेट तथा कार्यक्रम ल्याएको हो।

खोटेहाङ गाउँपालिकाले असार १ गते नै बार्षिक बजेट तथा कार्यक्रम पारित गरिसकेको छ। जिल्लाको साकेला गाउँपालिकाले असार १५ गते, जन्तेढुंगा गाउँपालिकाले असार २२ गते, ऐसेलुखर्क गाउँपालिकाले असार २७ गते र हलेसी तुवाचुङ नगरपालिकाले असार २८ र २९ गते बार्षिक बजेट तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ। उनीहरु बजेट तथा कार्यक्रम तयार पार्न व्यस्त बनेका छन् । 

दिरु नपाको बजेट ६८ करोड ६० लाख 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७५/०६७ का लागि ६८ करोड ६० लाख ९६ हजार बराबरको अनुमानित बार्षिक बजेट तथा कार्यक्रम पारित गरेको छ। दोस्रो नगरसभामा नगरपालिकाकी उपप्रमुख बिणादेबी राईले संघीय सशर्त कार्यक्रमतर्फ ३२ करोड ९ लाख, प्रादेशिक सशर्त कार्यक्रमतर्फ २ करोड, चालु खर्चतर्फ ७ करोड ४७ लाख २५ हजार ८९२, बिशेष कोषतर्फ १ करोड ७४ लाख ७४ हजार १०९, समपुरक कोषतर्फ २ करोड विनियोजना गरेको बार्षिक बजेट प्रस्तुत गरेकी छिन्। यस्तै, विषयगततर्फ पुर्वाधार विकास क्षेत्रमा ७ करोड ८५ लाख ५१ हजार १५५, सामाजिक बिकासतर्फ सामाजिक सुरक्षाभत्ता ९ करोड ५० लाख सहित १३ करोड ४ लाख ५२ हजार, आर्थिक विकास क्षेत्रका लागि २ करोड १० लाख ५१ हजार ४७५, बन, वातावरण तथा सरसफाईतर्फका आयोजना तथा कार्यक्रमका लागि ७२ लाख ५१ हजार १५५ र संस्थागत बिकास, सेवा प्रवाह तथा सुशासनका कार्यक्रमका लागि ४१ लाख ८९ हजार ७२५ रुपैयाँ विनियोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आन्तरिक आयतर्फ ४५ लाख, संघीय सरकार राजस्व बाँडफाँडतर्फबाट अनुमानित १० करोड ३ लाख २४ हजार, वित्तीय समानिकरण अनुदान १४ करोड ९ लाख र सशर्त अनुदानतर्फ ४१ करोड ५९ लाख आय हुने प्रक्षेपण गरेको छ। यस्तै, प्रादेशिक सरकार राजस्व बाँडफाँडतर्फ अनुमानित ५ लाख, वित्तीय समानीकरण अनुदान ३९ लाख ७२ हजार र सशर्त अनुदानतर्फ २ करोड ४४ लाख ७२ हजार आय हुने नगरपालिकाले अनुमान गरेको छ। 

दिगो र गुणस्तरिय पुर्वाधार बिकास, सामाजिक विकास, सामाजिक न्याय तथा लैंगिक मूलप्रवाहीकरण, कृषि, पशुपंक्षी, सहकारी, उद्यममार्फत रोजगारी र उत्पादनमा वृद्धि, वाताबरण संरक्षण र हरियाली तथा सौन्दर्य प्रवर्द्धन, संस्थागत विकास र सेवा प्रवाहमा क्षमता बिकासलाई पहिलो प्राथमिकता दिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बार्षिक बजेट तथा कार्यक्रम ल्याएको हो। विभिन्न बर्ग, लिंग, सम्प्रदाय, क्षेत्र र जातजातीको समावेसी र समन्यायिक बिकास गर्ने, स्थानीय अर्थतन्त्रमा उच्च आर्थिक वृद्धि हासिल गर्ने, नगरको सेवामा आमनागरिकको पहुँच वृद्धि गर्ने लक्ष्यका साथ वार्षिक बजेट तथा कार्यक्रम ल्याइएको मेयर दिपनारायण रिजालले बताए। ‘विकासका पूर्वाधार विस्तार र पहुँच बस्तीस्तरसम्म पु-याउने लक्ष्य छ,’ मेयर रिजालले भने, ‘संस्थागत बिकास र सेवा प्रवाहमा क्षमता बिकासमा समेत हामीले ध्यान दिएर बजेट तथा कार्यक्रम तयार पारेका छौँ।’ 

दुई बिद्येयक पारित 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुई बिद्येयक पारित गरेको छ। नेपालको संबिधान एबं स्थानीय सरकार सञ्चालन ऐन अनुसार दोश्रो नगरसभाले सहकारी विद्येयक र कृषि व्यवसाय प्रवर्द्धन बिद्येयक पारित गरेको हो। 

प्रकाशित: १० असार २०७५ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App