७ वैशाख २०८१ शुक्रबार
कला

नेपाली तन्त्रसाधनाबारे विमर्श

काठमाडौं – ‘नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शन विभागद्वारा ‘नेपाली परम्परामा तन्त्रसाधना’ शीर्षकमा गोष्ठीमा तन्त्र साधनाका बारेमा चर्चा भएको हो।

प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाले नेपाली समाजमा भाकल, पूजाआजा जस्ता कार्य परम्परादेखि नै चलिआएको उल्लेख गरे। उनले मानिसको जीवनले पूर्णता पाउन सबै प्रकारका शक्तिसँग सम्झौता गर्नुपर्ने प्रष्ट्याए।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दर्शन आफैंमा कठिन विषय भएता पनि सबैको जीवनमा यसको विशेष महत्व रहने बताए।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्यय भट्टले विशेष प्रवचन दिएका थिए। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे र दर्शन विभागका प्रमुख प्रा. दिनेशराज पन्त प्राज्ञ नर्मदेश्वरी सत्याल, पुष्कर लोहनी, डा. भक्त राई, बिनाश्री, दिनेश लगायतले आफ्नो धारणा राखेका थिए।

प्रकाशित: १० असार २०७५ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App