७ वैशाख २०८१ शुक्रबार
खेल

सेनेगल र जापान आामने–सामने हुँदै, दुवै राष्ट्र दाेस्राे जितकाे खाेजिमा

रसिया – समूह ‘एच’ अन्तर्गत आइतबार हुने अर्के खेलमा सेनेगल र जापान आामने–सामने हुँदै छन् । पहिलो खेलमा जित हात पार्दै रूस विश्वकप यात्राको सुखद सुरुआत दिलाएका दुवै टोली लगातार दोस्रो विजयी नतिजा निकाल्दै अन्तिम १६ प्रवेशका साथै समूहविजेताको दाबेदारीसमेत बलियो पार्न चाहन्छन्।

सन् २००२ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा पक्का गर्दा टोलीको कप्तानी गरेका ओलियौ सेसे प्रशिक्षकका रूपमा समेत उक्त उपलब्धि दोहोर्याउन चाहन्छन् ।’ रूस विश्वकपमा अफ्रिकन राष्ट्रमध्ये पहिलो चरणमा सुखद सुरुआत गर्ने सेनेगल पहिलो टोली बनेको थियो ।‘पहिलो खेलमा हात पारेको जितले टोलीको मनोबल बढेको छ । हामी जापानविरुद्ध सोही लयलाई निरन्तरता दिँदै अघिल्लो चरण प्रवेश सम्भावना बलियो पार्न चाहन्छाैं,’ सेसेले भने।

विश्वकपको एक साताअघि मात्र भालिड हालिलहोजिकलाई बर्खास्त गर्दै अकिरा निस्हिनोलाई प्रशिक्षकमा नियुक्त गरेको जापानलाई समूह ‘एच’ कै कमजोर प्रतिद्वन्द्वीका रूपमा हेरिएको थियो । तर पहिलो खेलमा कोलम्बियाविरुद्ध जुझारु प्रदर्शन गरेको जापानले उक्त अनुमानलाई गलत साबित गर्दै आफूलाई कठिन टोलीका रूपमा उभ्याएको छ।

कोलम्बियालाई २–१ ले पराजित गर्दै जापान विश्वकपमा दक्षिण अमेरिकी राष्ट्रलाई पराजित गर्ने पहिलो एसियाली राष्ट्र बनेको थियो । ‘सेनेगल कठिन टोली हो,’ जापानका मिडफिल्डर केइसुके होन्डाले भने, ‘उनीहरू शारीरिक रूपमा बलिया छन् र तीव्र गतिमा समेत खेल्छन् । तर हामीलाई उनीहरूको कमजोरीका बारेमा पनि थाहा छ । उनीहरू पहिलो हाफमा जस्तो दोस्रो हाफमा खेलमा केन्द्रित भएर खेल्न सक्दैनन्।’

प्रकाशित: १० असार २०७५ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App