८ वैशाख २०८१ शनिबार
खेल

इतिहास झल्किने खुसीयाली

कालिन्गार्ड – आफ्नै टोली विरुद्ध गोल गर्दा समर्थकले साथ दिएको घटना खेल इतिहासमा विरलै मात्र भेटिन्छ।

शुक्रबार स्विट्जरल्यान्डले सर्वियाविरुद्ध जित निकाल्दा सर्वियन समर्थकले स्विट्जरल्यान्डका लागि गोल गर्ने खेलाडीद्वय ग्रान्टि जाका र जर्दान साकिरीलाई खुलेर समर्थन गरे । किन भने उनीहरु सर्वियाको पूर्व प्रान्त, कोशोभका खेलाडी थिए । जुन अहिले कोशोभ स्विट्जरल्यान्डको भूभागमा पर्दछ।

गोल गरे पछि उनीहरुले मनाएको खुसीयाली बेग्लै देखिन्थ्यो । बुढी औलालाई खप्टाउँदै बाँकी औलालाई फिजाएर उडिरहेको चिलको आकार दिन खोजेको देखिन्थ्यो । जुन आकृति प्राचिन अलवियन राष्ट्रिय भन्डाको जस्तो देखिन्थ्यो । जुन खुसीयाली स्विट्जरल्यान्ड भन्दा पनि प्राचिन अल्बानिया राष्ट्रको झझल्को दिन्थ्यो।

म यस विषयमा बोल्न चाहन्न, गोल गरेका साकिरीले भने, फुटबलमा आफ्नै भावना हुन्छ । मैले के गरे सबैले देख्न सक्छन । मैले जे गरे त्यो भावना मात्र हो । गोल गरेपछि खुसियाली मनाउने मेरो शैली हो तर यस विषयमा म केही बोल्दीन।

स्विट्जरल्यान्डका लागि पहिलो गोल गरेका जाकाका बाबु आमा कोशोभवबाट बसाई सराई गर्दै स्विट्जरल्यान्ड पुगेका थिए भने दोस्रो गोल गरेका साकिरी कोशोभमा नै जन्मिएका हुन्।
                        

 

प्रकाशित: ९ असार २०७५ २०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App