coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पहिलो हाफमा स्विडेनको अग्रता जर्मनी जितका लागि संघर्षरत

काठमाडौं - अर्को चरण प्रवेसको सम्भावना बलियो बनाउन पहिलो जितको खोजीमा रहेको जर्मनी पहिलो हाफको खेलमा भने पछि परेको छ। पहिलो हाफको खेल सकिँदा जर्मनी स्विडेन विरुद्धको खेलमा एक गोलले पछि परेको हाे।

खेलको सुरुवातदेखि दुवै टोलीले आक्रामक रणनितीमा खेल खेलिरहेपनि खेलमा अग्रता भने स्विडेन बनाउन सफल भएको छ। स्विडेनले खेलको ३२ औं मिनेटमा अग्रता बनाउन सफल भयो। स्विडेनका लागि ओला टोइभोनेनले डिफेन्सको गल्तिको फाईदा उठाउँदै गोलकिपरलाई विट गर्दै उत्कृष्ट गोल गरे। खेलमा गोल गर्ने थुप्रै अवसर सिर्जना गरेको जर्मनीले भने पहिलो हाफमा गोल गर्न सकेन। उसका थुप्रै प्रहार र प्रयासलाई स्विडेनका गोलकिपर रोविन ओलसेन र डिफेन्डरले विफल तुल्याईदिए।

आजको खेलमा पूर्व विश्वविजेता जर्मनी पराजित भए समुह चरणबाटै वाहिरिनेछ भने समुह एफबाट मेक्सिको र स्विडेन नकआउट चरण (शिर्ष १६) मा प्रवेस पाउनेछन्।

प्रकाशित: ९ असार २०७५ १९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App