coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेक्सिको विश्वकपको नकआउट चरण नजिक, दक्षिण कोरियाकाे सम्भावना न्यून

रूस – एसियाली मुलुक दक्षिण कोरिया फिफा विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। रूसको रोस्टोभ एरिना रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियालाई २–१ ले पराजित गरेसँगै मेक्सिकोकोे अघिल्लो चरण यात्रा सहज भएको छ।

जितसँगै मेक्सिकोले विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। समूह एफमा रहेको मेक्सिकोले पहिलो खेलमा साविक विजेता जर्मनीलाई १–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको थियो। मेक्सिको २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दक्षिण कोरिया भने पहिलो खेलमा स्विडेनसँग स्तब्ध भएको थियो।

मेक्सिकोको जितमा खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत कार्लोस भेलाले गोल गरे। मेक्सिकोका खेलाडीले प्रहार गरेको बल डि बक्स एरिया भित्र रहेका कोेरियाका ज्याङ् ह्युन सो को हातमा लागेपछि मेक्सिकोले पेनाल्टी पाएको थियो। प्राप्त पेनाल्टीलाई मेक्सिकोका भेलाले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।

पहिलो हाफमा १–० को अग्रता लिएको मेक्सिकोले दोस्रो हाफको २१ औं मिनेटमा जाभियर हर्नान्डेजले गोलबाट अग्रता दोब्बर बनायो। २–० ले पछि परेको कोरियाका लागि दोस्रो हाफको इन्जुरी समयमा सन ह्युङ मिनले आकर्षक गोल गर्दै टोलीको अन्तर कम हार टार्न सकेनन्।

२००२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको कोरियाले २०१० को विश्वकपमा अन्तिम १६ मा स्थान बनाएपनि २००६ र २०१८ मा नकआउट चरणमा प्रवेश गर्न असफल भयो। 

खेलअवधिभर कोरियालाई दबाबमा राखेको मक्सिकोले गोल गर्ने केहि अवसर सदुपयोग गर्न सकेन्। यता दक्षिण कोरियाका पटक पटकका प्रहार गोलमा परिणत हुन नसक्दा पराजित हुन पुग्यो। 

प्रकाशित: ९ असार २०७५ १७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App