७ वैशाख २०८१ शुक्रबार
समाज

एकैदिन प्रहरीले राेक्याे तीन बालविवाह

रुकुम- रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज तीनवटा विवाह एकै दिन रद्द भएका छन्। 

विवाहको तयारी भइरहेका बेला बाल सञ्जाल समिति र बाल संरक्षण समितिको पहलमा प्रहरीले विवाह रद्द गराएको हो। त्रिवेणी गाउँपालिका–९ का २० वर्षीय किशोर र सानीभेरी गाउँपालिका–८ कि १७ वर्षीया किशोरी, त्रिवेणी गाउँपालिका–९ का १९ वर्षीय किशोर र सल्यान दार्मा गाउँपालिका–३ की १७ वर्षीया किशोरीका बीचमा हुन लागेको बालविवाह रद्द गरिएको हो। 

चौरजहारी नगरपालिका–१४ का १९ वर्षीय किशोर र सानीभेरी गाउँपालिका–२ की १७ वर्षीया किशोरीबीच हुन लागेको विवाहलाई पनि रद्द गरिएको छ। 

उमेर नपुगी भएको विवाहलाई रद्द गरेर बालबालिकालाई आ–आफ्नो अभिभावकको जिम्मा लगाइएको छ। उनीहरुलाई सम्झाइबुझाई आफन्तको जिम्मा लगाएको रुकुमेली समाज विकास केन्द्रका बाल संरक्षण अधिकृत रामप्रसाद केसीले जानकारी दिए। जिल्लामा अलिहेसम्म ३२ वटा बालविवाह रद्द गरिएको छ। रासस

प्रकाशित: ९ असार २०७५ १६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App