coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संघीयता असफल बनाउन प्रदेशको अधिकार कटौती : मुख्यमन्त्री राउत

वीरगन्ज– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई सफल बनाउनका लागि प्रदेश सरकारले काम गर्नसक्ने माहोल बनाउन संघीय सरकार र कर्मचारीतन्त्रलाई आग्रह गरेका छन्। संघीयतालाई इच्छा नहुँदा नहुँदै स्विकारेजस्तो अहिले केन्द्रबाट क्षेत्राधिकार कटौती र चौतर्फी नियन्त्रण कायम गर्ने प्रयास गरिएको उनको आरोप छ।

वीरगन्जमा शनिवार आयोजित नेपाल पत्रकार महासंघको प्रदेश २ को बिस्तारित बैठकको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले संघीय सरकारले संघीयतालाई कार्यन्यवनमा असहयोग गरिरहेको आरोप लगाए। प्रदेशको सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको रहेकोले संघीय सरकारको प्रहरीले नहुने बताए। उनले प्रदेश २ मा प्रदेश प्रहरी ऐनको मस्यौदा प्रादेशिक सदनमा पेस भइसकेको बताए। प्रदेश प्रहरीमा ५० प्रतिशत महिला आरक्षणको ब्यवस्था गर्न लागेको उनले जनाए। त्यस्तै प्रदेशको लागि बेग्लै निजामति ऐन ल्याएर प्रादेशिक लोकसेवा आयोग स्थापना गर्न लागेको बताए।

मुख्यमन्त्री राउतले प्रादेशिक सरकारलाई काम गर्न नदिने किसिमका प्रवधान लगाउने र ब्यवहार देखाउनेमा कर्मचारीतन्त्र बढी सक्रिय देखिएको आरोप लगाए। प्रदेश सरकारले हुलाकी सडक र सुनकोशी कमला डाइभर्सन योजना प्रदेश २ को लागि केन्द्रीय नीति तथा कार्यक्रममा राख्न आफूहरुले गरेको आग्रह बेवास्ता गरिएको भन्दै उनले अपसोंच जनाए। उनले प्रदेश २ मा प्रदेश पत्रकारिता अध्ययन प्रतिष्ठान गठन गरी पत्रकारिताको ब्यवसायिक बिकास र पत्रकारहरुको क्षमता अभिबृद्धी गराउने नीति आफूहरुले ल्याएको बताउदै यस प्रदेश सरकारलाई ‘मिडिया मैत्री’ प्रमाणित गर्ने दावी गरे।

प्रकाशित: ९ असार २०७५ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App