coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विश्वकप फुटबल : पहिलो हाफमा बेल्जियमको अग्रता, लुकाकुले गरे दुई गोल

रूस – रसियामा जारी विश्वकप फुटबलमा बेल्जियम र ट्युनिसियाको पहिलो हाफको खेल सकिएको छ। स्पार्टक रंगशाला मस्कोमा जारी खेलको पहिलो हाफको खेल सकिँदा बेल्जियमले ट्युनिसियाविरुद्ध ३–१ को अग्रता लिएको छ। 

निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलको छैटौं मिनेटमा इडेन हाजार्डको गोलमा बेल्जियमले सुरुवाती अग्रता लिएको थियो। त्यस्तै १६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए।

लुकाकुले गोल गरेको २ मिनेटमानै ट्युनिसियाका ड्यालन ब्रोनले फ्रिकिकमार्फत गोल फर्काए। बेल्जियमका लागि पुन पहिलो हाफको इन्जुरी समयमा लुकाकुले गोल गर्दै अग्रता तेब्बर बनाए।

२ गोल गरेसँगै लुकाकुले जारी विश्वकपमा धेरै गोल गर्ने खेलाडीको सुचीमा रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन्। रोनाल्डोले पनि २ खेलमा ४ गोल गरेका छन्। लुकाकुले पहिलो खेलमा पनि दुई गोल गरेका थिए।

 

प्रकाशित: ९ असार २०७५ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App