७ वैशाख २०८१ शुक्रबार
कला

सन्नी लियोनी अस्पताल भर्ना

मुम्बई– बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका क्रममा विरामी परेर चामुण्डा विहारस्थित श्रीकृष्णा अस्पतालमा उनी भर्ना भएकी हुन्।

विहीबार राति अस्पताल भर्ना भएकी उनी १३ घण्टा लामो उपचारपछि शुक्रबार दिउँसो डिस्चार्ज भएकी छिन्। उनी अहिले चिकित्सकको निगरानीमा शुटिंगस्थल नजिकैको छोईस्थित द बैनियन ट्री रिसोर्टमा आराम गरिरहेकी छिन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार पेट दुखेपछि उनलाई निजी कर्मचारीले राति ११ बजे अस्पताल पुर्याएका थिए। अस्पतालका निर्देशक डा मयंक अग्रवालले सन्नीलाई गैस्ट्रोएंट्राइटिस देखिएको बताए। जसका कारण अल्ट्रासाउण्ड र अन्य जाँच गरिएको थियो। सबै चेकजाँचमा उनको अवस्था नर्मल पाइएको छ। शरीरमा पानीको मात्र कम भएका कारण यो समस्या आएको डा अग्रवालको भनाई छ। 

प्रकाशित: ९ असार २०७५ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App