८ वैशाख २०८१ शनिबार
प्रवास

प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

पर्वत– प्रवासी नेपालीले पर्वतका दुई जनालाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। सो रकम मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको पहलमा संकलन गरिएको थियो। 

पर्वतको कुश्मा नगरपालिका १४ आर्थरका १३ वर्षीय अर्जुन गौतम र सोही ठाउँ ३ दुलुङ्गकी अमृताकुमारी शर्मालाई शुक्रबार एक कार्यक्रमबीच संकलित रकम हस्तान्तरण गरिएको मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलका अध्यक्ष दीया चापागाईंले बताइन्। 

अध्यक्ष चापागाईंका अनुसार गौतम ब्लडक्यान्सर र शर्मा मिर्गौला पीडित हुन्। घरको आर्थिक अवस्था कमजोर रहेका दुबै जनालाई उपचारमा केही राहात पुगोस् भनेर मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलले आर्थिक संकलन गरी रकम हस्तान्तरण गरिएको हो। 

बालक गौतमलाई एक लाख २० हजार र शर्मालाई अठ्ठाइस हजार रुपैयाँ उपलब्ध गराइएको सो रकमको चेक बालक गौतमका बुबा शुक्रराज गौतम र शर्माका श्रीमान टीकाप्रसाद उपाध्यायलाई प्रदान गरिएको अध्यक्ष चापागाईंले बताइन्। शर्मालाई इजरायल शाखाका वरिष्ठ उपाध्यक्ष कुसुम रिचाले ब्यक्तिगतरुपमा १५ हजार र बाँकी रकम संस्थाले उपलब्ध गराएको हो। 

रकम हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख उदिमराज पौडेल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेल, इजरायल शाखाका वरिस्ठ उपाध्यक्ष कुसुम रिचा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल केन्द्रीय समितिका अध्यक्ष अर्जुनप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो। 

नेपालको पर्वत जिल्लामा प्रधान कार्यालय रहेको मातृभूमिका लागि पर्वत सेवा समाजले रोजगारीको सिलसिलामा विश्वका विभिन्न मुलुकमा रहेका पर्वतेलीलाई समेटेर आफ्नो शाखा विस्तार गरी मानवीय सेवामा तल्लीन रहेको छ। 

प्रकाशित: ९ असार २०७५ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App