coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आज ठमेल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं – ठमेल लगायतका क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने भएको छ।  नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार, ११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्सका लागि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो।

वितरण केन्द्रका अनुसार लैनचौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तिसार लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ।

यसैगरी, नक्साल नारायण चौर, प्रहरी हेड क्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुने वितरण केन्द्रले जनाएको छ।

प्रकाशित: ९ असार २०७५ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App