६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

रामदेवको मुर्ति लन्डनको संग्रहालयमा राखिने

तस्विर : एजेन्सी

 नयाँ दिल्ली - भारतका योग बाबा रामदेवको मुर्ति लन्डनस्थित टुसुड्स संग्रहालयमा राखिने भएको छ। शुक्रबार योग गुरू रामदेवको मुर्ति लन्डनको संग्रहालयमा राखिने कुरा सार्वजनिक गरिएको हो ।

उनले दुई महिना अगाडि पाएको उक्त प्रस्तावमा समर्थन जनाएपछि उनको मुर्ति लन्डनको टुसुड्स संग्रहालयमा राखिने बताइएकाे छ।

उनले योग विज्ञान, धर्मनिरपेक्ष तथा विश्वव्यापी ज्ञानलाई बढावा दिने लक्ष्यका साथ उक्त प्रस्तावलाई स्वीकार गरेको बताए। स्वामी विवेकानन्द पछिका संग्रहालयमा चित्रण गरिने उनी दाेस्राे  स्वामी हुन्।

प्रकाशित: ९ असार २०७५ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App