८ वैशाख २०८१ शनिबार
खेल

नाइजेरियाले आइसल्याण्डलाई हरायो, मुसाले गरे २ गोल

रूस – अहमेद मुसाको २ गोलको मद्दतमा आइसल्याण्डलाई २–० ले पराजित गर्दै नाइजेरियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ।

भोल्गोग्राड एरिना रंगशालामा शुक्रबार सम्पन्न दोस्रो खेलमा आइसल्याण्डलाई विजयी गराउन खेलको ४९ र ७५ औं मिनेटमा मुसाले गोल गरे। आइसल्याण्डले दुवै गोल खेलाडीको तालमेलको अभाव कारण खान पुगेको थियो। खेलको ८३ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा आइसलयाण्डले गोलअन्तर कम गर्ने मौका गुमाएको थियो।

डि बक्सभित्र आइसल्याण्डका फिन बोगाशनलाई नाइजेरीयाका खेलाडीले लडाएपछि भिडियो असिस्टेन रेफ्री (भिएआर) मार्फत पाएको पेनाल्टीमा आइसल्याण्डका सिगुर्डसनले गोल गर्न सकेनन्। पहिलो हाफमा बराबरी खेलेका नाइजेरीयाले दोस्रो हाफमा भने दुई गोल गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो। पहिलो खेलमा नाइजेरिया क्रोएसियासँग पराजित हुँदा आइसलयाण्डले भने बलियो टोली अर्जेन्टिनालाई बराबरीमा रोकेको थियो।

अर्जेन्टिनासँगको खेलमा जस्तै प्रदर्शन गर्न नसक्दा आइसल्याण्ड पराजित हुन पुग्यो। जितसँगैै नाइजेरियाको अघिल्लो चरणको यात्रा सहज भएको छ। खेलअवधिभर ६२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको नाइजेरियाले आइसल्याण्डका केहि सुन्दर प्रहार असफल पारेको थियो। 

प्रकाशित: ८ असार २०७५ १७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App