coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन जना विद्यार्थी २ दिनदेखि सम्पर्क बिहीन

रसुवा – रसुवाको कालिका गाउँपालिका–५ जिबजिवेमा रहेको नर्थपोल बोर्डिङ स्कुलमा अध्ययनरत तीन जना विद्यार्थी बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा १३ वर्षीया मनिस तामाङ, १४ वर्षीया सुदिप घले र १४ वर्षीया मिलन मोक्तान रहेका छन्। बुधबारदेखि सम्पर्क बिहिन भएका ६ जना विद्यार्थीमध्य तीन जना सम्पर्कमा आएको विद्यालयका प्रिन्सिपल कृष्ण बहादुर तामाङले बताए ।

‘उनीहरु सम्पर्कमा नआएको भएपनि नुवाकोटको त्रिशुलीमा रहेको भन्ने सुनिएको छ, प्रिन्सिपल तामाङले भने, ‘यसभन्दा अघि पनि विद्यालय छोडेर हिँड्ने गरेका थिए।’ गलत सङ्गत र कुलतमा लागेका कारण उनीहरु नियमित विद्यालय पनि नआउने गरेको उनले बताए।

विद्यालय जान भनेर हिँडेका उनीहरु विद्यालय नपुगी अन्यन्त्र गएका विद्यालयले जनाएको छ। तीन जना विद्यार्थी खर्च सकिएपछि फर्किएका र उनीहरु पनि आउने तामाङले बताए। बालबालिका हराएपछि खोजिका लागि इलाका प्रहरी चौकी कालिकास्थान र बेत्रावतीमा निवेदन दिएको कालिका गाउँपालिका–५ का जमानसिंह तामाङले बताए। सुबास गोले, अनिस गोले र कपिल बिक परिवारको सम्पर्कमा आएको उनले बताए।

प्रकाशित: ८ असार २०७५ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App