७ वैशाख २०८१ शुक्रबार
समाज

प्रवासीको अधिकार सुनिश्चित गर्ने ऐनको मस्यौदा तयारः लामिछाने

टेक्सास – प्रवासमा रहेका नेपालीको अधिकार सुरक्षित गर्ने ऐनको मस्यौदा तयार भएको छ। नयाँ संविधानमा उल्लेखित राजनीतिक अधिकारबाहेक अरु अधिकारसहित दोहोरो नागरिकता दिने विषयलाई कार्यन्वयनका लागि सरकारले ऐन निर्माण सकेर सरोकारवाला गैरआवासिय नेपाली संघलाई थप सुझावका लागि पठाइएको गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामीछानेले बताए।

एनआरएन टेक्सास च्याप्टरद्वारा बिहीबार आयोजित अन्र्तक्रियामा सविधानमा उल्लेख भएका अधिकारहरुलाई व्याख्या गर्दै सरकारका तर्फबाट ऐन निर्माण हुनु महत्वपुर्ण कुरा भएको उनले बताए। संबिधानमै कानुन बनाएर विदेशमा रहेको नेपालीहरुलाई नागरिकता दिने उल्लेख भएकोले त्यसमा अलिकति पनि तलमाथि नहुने बताए। भोट हाल्ने र राजनीति गर्ने बाहेकका सबै अधिकारहरु रहने पनि उनले बताए।  

एनआरएनले सरकारद्वारा तयार पारिएको ऐनको मस्यौदालाई आवश्यक सुझाव दिएर सरकारलाई फिर्ता गर्ने भएकाले चाँडो सुझाव दिन विधान व्याख्या समितिका प्रमुख डा. हेमराज शर्माले आग्रह गरे। ऐन बनेर पारित हुन अब ३ महिना बाँकी रहेकाले चाँडो सुझाव सरकारलाई दिनुपर्ने शर्माले बताए।

नेपालको संबिधान २०७२ मा गैर आवासीय नेपालीलाई नागरिकता दिइने भन्ने प्रावधान छ। एनआरएन टेक्सास च्याप्टरका अध्यक्ष भानु खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन आइसिसीका प्रवक्ता भुषण घिमिरे, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, एनआरएन अमेरिकाका उपाध्यक्ष सुनिल शाह लगायतले अाफ्ना धारणा राखेका थिए।

प्रकाशित: ८ असार २०७५ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App