coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

इनरुवा – सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तेजनारायण मेहताका ११ वर्षीय छोरा प्रसान्तकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गाउँपालिकाको भित्री सडकमा को ९ प २२९३ नम्बरको मोटरसाइकलले साइकलयात्री प्रसान्तलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकाले उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय प्रदीप मेहता, उनको ६ वर्षीय छोरा आयुष मेहता र ९ वर्षीया छोरी नेहा मेहतासमेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

यसैगरी सुनसरीको बर्जु गाउँपालिका–१ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। स्थानीय ठूलोबुबाको घरमा बस्ने सिरहाका ८ वर्षीय एलिष श्रेष्ठको बिहीबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

टेलिभिजन हेर्ने क्रममा सेटअप बक्समा हातले छुँदा करेन्ट लागेका एलिषको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ८ असार २०७५ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App