६ वैशाख २०८१ बिहीबार
अर्थ

कारोबार रकम घट्यो, नेप्से बढ्यो

काठमाडौं– अघिल्लो दिनको तुलनामा बिहीबार सेयर कारोबार रकम घटेपनि नेप्से भने झिनो रुपमा बढेको छ ।

 बुधबार २७ करोड ३८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएकामा बिहीबार १९ करोड ६६ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यो अघिल्लो दिनको भन्दा सात करोड ७२ लाख रुपैयाँ कमी हो ।बुधबार ८.३४ बिन्दुले घटेको नेप्से बिहीबार भने सामान्य सुधार देखिएको छ । नेप्से सूचक बिहीबार ०.६२ बिन्दुले बढेर १२१८.४६ बिन्दुमा पुगेको छ।

उक्त दिन कुल एक सय ६३ कम्पनीका ६ लाख २३ हजार दुई सय ११ कित्ता सेयर खरिद बिक्री भए । १० वटा समूहमध्ये पाँचवटा उकालो र पाँचवटा समूह ओरालो लागेका छन् ।कारोबार रकममा नबिल संस्थापकको सबैभन्दा बढी ९३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो धेरै कारोबार हुनेमा क्रमशः प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयर र नेपाल इन्भेस्टमेन्ट छन्।

प्रकाशित: ८ असार २०७५ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App