५ वैशाख २०८१ बुधबार
अर्थ

शाह नबीलको सिइओ नियुक्त

काठमाडौं– नबील बैंक लिमिटेडले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । बिहीबार बैंकको बोर्ड बैठकले शाहलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकले यसअघि नै शाहलाई सिइओमा नियुक्त गरेको भए पनि नेपाल राष्ट्र बैंकको नयाँ नियमका कारण रोकिएको थियो । राष्ट्र बैंकले एउटा बैंक छाडेर अर्को बैंकको सिइओको रुपमा काम गर्न कम्तीमा तीन महिनाको ‘कुलिङ पिरियड’ पार गर्नुपर्ने नियम लागू गरेको छ । त्यसै कारण सिइओको रुपमा काम गर्न नपाएका उनलाई नबीलले पछि कार्यावाहक सिइओको जिम्मेवारी दिएको थियो । अब भने शाहले पूर्णरुपमा सिइओको जिम्मेवारी पाएका छन् ।

शाहले सन् १९९१ मा नेपाल ग्रिन्डलेज बैंक (हालको स्टान्डर्ड चार्टड बैंक नेपाल)बाट सहायक पदमा बैंकिङ करियर थालेका थिए । त्यहाँ १३ वर्ष बिताएका उनले चिफ अपरेटिङ अफिसर र कस्टोमर बैंकिङ प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रबन्ध निर्देशकका रुपमा नबील बैंकमा प्रवेश गरेका उनी पहिलो नेपाली सिइओ बने । नबीलमा उनले करिब ६ वर्ष बिताए ।

मेगा बैंक नेपालको स्थापनासँगै सिइओको रुपमा दुई कार्यकाल (आठ वर्ष) काम गरेपछि उनी पुनः नबीलमा फर्किएका हुन्।‘बैंकिङ क्षेत्रमा भएको लामो अनुभव, नबील बैंकबारे पूर्ण जानकार र बैंकको टिमसँग यसअघि काम गरेको अनुभवका कारण शाहको नेतृत्वमा बैंकले नयाँ उचाई लिनेमा विश्वस्त छौं,’ नबीलका अध्यक्ष शम्भुप्रसाद पौड्यालले भने ।

प्रकाशित: ८ असार २०७५ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App