coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बेकह्यामको अनुमानमा इङ्ल्यान्ड र अर्जेन्टिनाबीच फाइनल

बेइजिङ – इङ्ल्यान्डका पूर्वकप्तान डेविड बेकह्यामले विश्वकपको फाइलनमा इङ्ल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने अनुमान गरेका छन्।

चीनको एक प्रवद्र्धनात्मक कार्यक्रममा बोल्दै इङ्ल्यान्डका पूर्वकप्तान बेकह्यामले ट्युनिसियाविरुद्ध २–१ को सुखद सुरुआत गरेपछि यस्तो अनुमान गरेका हुन्।

‘मेरो अनुमानमा अर्जेन्टिनाले फाइनलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ,’ बेकह्यामले भने, ‘पहिलो खेलको नतिजाले म खुसी छु । अनुभव नभएका युवा खेलाडीको प्रदर्शनले जित सम्भव भएको छ । विश्वकप कठिनभन्दा पनि कठिन प्रतियोगिता हो, किनकि यहाँ हरेक टोलीबाट उत्कृष्टभन्दा उत्कृष्ट खेलाडीले प्रतिनिधित्व गरिरहेका हुन्छन्।’

पहिलो खेलमा जित हात पारेको समूह ‘जी’ को इङ्ल्यान्डले आइतबार नवप्रवेशी टोली पानामासँग खेल्नेछ । सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको इङ्ल्यान्डले सन् १९६६ को फाइनलमा जर्मनीलाई पराजित गर्दै उपाधि जितेको थियो।

पछिल्ला संस्करणमा खराब प्रदर्शन गरेको इङ्ल्यान्डले २००६ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । जसमा बेकह्यामले टोलीको कप्तानी सम्हालेका थिए।

इङ्लिस प्रिमियर लिगको टोली म्यानचेस्टर युनाइटेड, स्पेनिस ला लिगाको क्लब रियाल मड्रिड, अमेरिकी मेजर लिग सकरको एलए ग्यालेक्सी, इटालियन सिरी ‘ए’ को एसी मिलान र फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएजी)बाट व्यावसायिक खेल खेलेका इङ्ल्यान्डका बेकह्यामले २०१३ मा फुटबलबाट संन्यासको घोषणा गरेका थिए।

 

प्रकाशित: ७ असार २०७५ १८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App