८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले इन्टेक र पाइप बगाउँदा गाउँ अन्धकार

पाँचथर– जिल्लाको उत्तरी याङवरक गाँउपालिका–२को फलैचामा रहेको मेजर चिङ्मा शिवा खोला लद्यु जलविद्युत परियोजनाको इन्टेक र पाइप लाइन पहिरोले बगाएको छ। खोलामा आएको पहिरो तथा बाढीले इन्टेक तथा पाइप बगाएर लगेपछि विद्युत उत्पादन बन्द भएको हो। बुधबार रातीको समयमा परियोजनाको संरचना बगाएको हो। 

सिङ्ढापबाट आएको पहिरोले लद्यु जलविद्युत परियोजनाको संरचना बगाएको स्थानीय उपभोक्ता तेजु राईले जानकारी दिए। पहिरोले संरचना भत्काएर कहाँ पु-यायो भन्ने एकिन हुन नसकेको उनले सुनाए। विगत एक दशकयता यही खोलाको पानी प्रयोग गरि लद्यु जलविद्युत प्रणाली सञ्चालमा आएको थियो। ग्रामिण क्षेत्रमा रहेको उक्त परियोजना बगाउँदा ठूलो क्षति भएको राईले बताए। २५ किलोवाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत उक्त वडाका विभिन्न टोलका बासिन्दाले उपभोग गर्दै आएका थिए। पहिरोले इन्टेक तथा पाइप लाइन बगाएपछि २ सय ३० घरका उपभोक्ता प्रभावित भएका छन्। संरचना बगाएपछि २ सय ३० घरमा अन्धकार छाएको छ। यहि आयोजनाको बिद्युत उपभोग गरेर सञ्चालित विभिन्न घरेलु उद्योगहरु पनि बन्द भएका छन्। मोबाइल चार्ज गर्न पनि समस्या भएको राईले बताए। परियोजना पुनः निर्माणका लागि ठुलो रकम लाग्ने अवस्था आएको उनको भनाई छ।

बिहीवार जनप्रतिनिधि, प्रहरी तथा स्थानीय उपभोक्ताहरुको टोलीले १५ लाख रुपैँया बराबरको क्षती भएको अनुमान निकालेको छ। बर्षातको समय भएकाले तत्काल पुनःनिर्माणका लागि कठिन भएको उपभोक्ताहरुको भनाई छ। भौगोलिक रुपमा निकै कठिन स्थानमा लद्यु जलविद्युत प्रणाली जडान गरिएको थियो। करिब ४ सय मिटर पाइप लाइन र इन्टेक बगाएको राईले जानकारी  दिए। 

विगतका बर्षहरुमा पनि पहिरोले परियोजनाको विभिन्न सरंचना बगाउने गरेको थियो। तेस्रो पटक पहिरोले परियोजनाको संरचना बगाएको हो। विगतमा बगाएका संरचना स्थानीयबासीले श्रमदान गरी पुनः निर्माण गरेका थिए। सिङढाप पहिरोले निक्कै सास्ती दिएको राईले बताए। पानी कम परिरहेको समयमा नै बाढी र पहिरो आएको हो। 

प्रकाशित: ७ असार २०७५ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App