coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दरबारमार्ग वृत्तका सई २४ हजार घुससहित पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रबहादुर ऐडीलाई २४ हजार घुससहित रंगेहात नियन्त्रणमा लिएको छ। 

ऐडीले व्यवसाय सञ्चालन गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको टोलीले उनलाई घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

नियन्त्रणपश्चात अनुसन्धानमा ऐडीले घुस लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रु २४ हजार र सोहीबराबर जरिवाना माग दावीसहित अख्तियारले विहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

प्रकाशित: ७ असार २०७५ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App