१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विदेशबाट फर्केर कुखुरापालन

विदेशबाट फर्केर कुखुरापालन व्यवसायमा लागेका सुरेन्द्र साउँद।    तस्बिरः बिरा/नागरिक

बैतडी – वैदेशिक रोजगारीबाट फर्केर बैतडीका एक युवाले कुखुरापालन गरी मनग्ये आम्दानी गर्न थालेका छन्।जिल्लाको दक्षिणी शिवनाथ गाउँपालिका–२, शर्मालीका सुरेन्द्र साउँदले कुखुरापालन गरेर मनग्ये आम्दानी गर्न थालेका हुन्। तीन वर्षको लागि वैदेशिक रोजगारीमा मलेसिया गएका साउँद डेढ वर्षमै फर्केर गाउँमै व्यवसायमा लागेका छन्। कुखुरापालन व्यवसायबाट उनी २० हजारदेखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्दे आएका छन्।

विदेशमा रहँदा पाएको दुःख र विदेशमा बगाउने पसिना आफ्नो देशमा बगाए त्यहाँको भन्दा पनि राम्रो आम्दानी गर्न सकिने भन्दै कुखुरापालनमा लागेका हुन्। विदेशमा रहँदा उनले व्यवसाय गर्ने सोच बनाएका हुन्।  सहज र बजार हेरेर उनले कुखुरा पाल्ने सोच बनाएर घर फर्केको बताए। विदेशमा अरूको आदेशमा कठिन काम गर्ने र कमाइका लागि भौँतारिनु भन्दा मिहिनेतका साथ आफ्नै ठाउँमा केही व्यवसाय सुरु गरे राम्रो आम्दानी गर्न सकिने उदाहरण उनले देखाएका छन्।

दुई वर्षअघि घरमा आएका  साउँदले विदेशको दुःख सम्झेर आफ्नै देशमा केही गर्छु भन्ने सोचका कारण यो पेसा अंगालेका हुन्। सुरुमा  एक सय ब्रोइलरको चल्ला पालेका उनले विस्तारै बढाउँदै लगेका छन्। कुखुरा पाल्ने किसान र प्राविधिकको सल्लाह र आफ्नै अनुभवले कुखुरापालन व्यवसायबाट विदेशको भन्दा राम्रो कमाइ हुने गरेको उनले बताए। कुखुरापालनको अनुभवले अहिले योे पेसामा दक्ष  भइसकेका साउँद यो पेसाबाट सन्तुष्ट भएको बताउँछन्।

धेरै युवा रोजगारी नपाएर भौतारिरहेका छन् तर काम गर्ने जाँगर भए गाउँमै मनग्ये आम्दानी गर्न सकिने उदाहरण उनले देखाएका छन्। यो पेसामा घरका सबैले साथ दिएका छन्। गाउँलेहरु पनि दिनहुँ बिहानदेखि बेलुका अबेरसम्म उनको जाँगर व्यस्तताको काम देखेर सबै दंग छन्। बेरोजगार युवालाई बाटो मात्रै देखाउने काम गरेका छुँ,’ उनले भने। 

लगनशील भएर गरिखानेलाई गाउँमै कमाइका थुप्रै स्रोत रहेको उनले बताए। खर्चले गाउँमै  रकमले आफ्नो देशमा छोटो समयमै थोरै लगानीबाट धेरै राम्रो आम्दानी हुनसक्ने उनको भनाइ छ। ‘काम सानो ठूलो हुन्न,’ उनले भने, सानो व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिन्छ।’

उनले पालेका एउटै कुखुराको तौल साढे ८ किलोसम्म पुगेको छ।  तराईबाट ब्रोइलरका चल्ला लिएर पाल्ने गरेका साउँद स्थानीय बजारमै मासु बिक्री गर्दे आएका छन्। उनी जिल्लामै उत्कृष्ट व्यवसायिका रुपमा स्थापित भएका छन्। गत हप्ता गरिबी निवारण कोषले उनलाई जिल्लामै उत्कृष्ट किसानको रुपमा सम्मान गरेक छ। कोषले उनलाई सिर्जनशीलता पुरस्कारबाट जिल्लामै उत्कृष्ट किसान छानिएका हुन्। 

प्रकाशित: ७ असार २०७५ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App