६ वैशाख २०८१ बिहीबार
समाज

नागरिकको घरदैलोमा प्रहरी

डोल्पा– बिग्रेको आफ्नो छबि सुधार्न यतिखेर नेपाल प्रहरी ग्रामीण बस्तीका घरदैलोहरुमा पुगेको छ।

सामुदायिक सुरक्षाको पहिलो आधार स्थानीय जनता हुन भन्दै समुदाय र प्रहरीबीचको साझेदारीमा समाजमा हुने अपराध र अपराधजन्य समस्याको पहिचान र समाधानको लागि प्रहरी जनताको घरदैलोमा पुगेको हो।

‘नागरिक प्रहरी एक होऔ, अपराधमुक्त समाजको परिकल्पना गरौ, कसैको प्रगतिमा साथ दिऔं र कानूनी राज्यको विकास गरौं’ भन्ने नाराका साथ नेपाल प्रहरी जनताको घरदैलोमा सन्देशमुलक जनचेतनामुलक जागरण अभियानका साथ नागरिकको घरदैलोमा पुगिरहेको छ।

त्रिपुरासुन्दरी नगरपालिका–१ मा रहेको प्रहरी चौकीको आयोजनामा बिहीवार त्रिपुराकोटका ग्रमीण बस्तीहरुमा चेतनामुलक नारासहित प्रहरी जनप्रतिनिधि र सर्वसाधारणहरुको सहभागितामा र्याली निकालेर प्रहरी र नागरिकको सम्बन्धका बारेमा एकापस बीच जानकारी लिनेदिने काम भएको थियो। 

प्रत्येक जनताको घरदैलोमा प्रहरी कर्मचारी पुगी सुरक्षा सरोकारका बिषयमा जनतालाई सुसूचित गराउन तथा बस्तुगत परिस्थतीको जानकारी लिने पद्धतिमा सहज बातावरणको बिकास गर्न र नागरिकमैत्री प्रहरीको रुपमा छबि बिस्तार तथा सुधार गर्ने उद्देश्यका साथ टोल टोलमा प्रहरी अभियान संचालन गरिएको प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज प्रहरी नायव निरीक्षक रोमहर्ष सिजवालले बताए।

प्रकाशित: ७ असार २०७५ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App