८ वैशाख २०८१ शनिबार
समाज

ट्रक र माइक्रो बस ठोक्किदाँ सात घाइते

धादिङ– पृथ्वी राजमार्गकाे धादिङको गल्छी गाउँपालिका वडा नं ६, बैरेनीमा बिहिबार बिहान ट्रक र माइक्रोबस एक आपसमा ठोक्किदाँ ७ जना घाइते भएका छन्।

गजुरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ७३८६ नम्बरको सिमेन्ट बोकेको ट्रक र काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६६ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएको हो।

 दुर्घटनामा माइक्रो बसका चालकसहित सातजना घाईते भएका छन् । घाइते हुनेमा स्याङजा घर भएका रामेन्द्र विश्वकर्मा, पूर्णकुमारी गुरुङ, काठमाडौँ घर भएका आशा गुरुङ, आरपी गुरुङ, विवेक पौडेल, कास्कीका अन्जु चौधरी र लमजुङका सुमन गुरुङ रहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: ७ असार २०७५ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App