coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ग्ल्याममा ओजस्वीराज र सन्ध्या

काठमाडौं– एसइइको परीक्षा दिएर बसेका विद्यार्थीको प्रतिभा उजागर गर्न राजधानीमा आयोजना गरिएको ‘मिस्टर एन्ड मिस एसइई ग्ल्याम २०१८’ को उपाधि ओजस्वीराज थापा र सन्ध्या अर्यालले जितेका छन्।

ब्राइट फ्युचर स्कुल नैकापका विद्यार्थी ओजस्वीले ‘मिस्टर पपुलर’ र ‘भ्युवर च्वाइस’ र त्रिभुवन पब्लिक स्कुल मैतीदेवीकी सन्ध्याले ‘बेस्ट स्पिच’ र ‘युट्युव च्वाइस’ अवार्डसहित शीर्ष ताज सुरक्षित गरे।

कार्यक्रममा ‘मिस एसइई युनिभर्सल २०१८’को ताज सुभेक्षा खड्काले हात पारिन् । ‘मिस्टर एन्ड मिस एसइई ग्ल्याम २०१८’ तर्फ रिकेश घिमिरे र समीक्षा मिजार ‘फस्ट रनर अप’ हुँदा दिजन भट्टराई र सबिना बुढाथोकी ‘सेकेन्ड रनर अप’ भए । ‘मिस एसइई युनिभर्सल’ तर्फ अनुजा खनाल, प्रनिसा राय र अनुपम अधिकारी क्रमशः ‘फस्ट रनर अप’, ‘सेकेन्ड रनर अप’ र ‘थर्ड रनर अप’ भए।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ विशाल तामाङ ‘मस्ट डिजरभिङ’, राहुल चन्द ‘बेस्ट फिजिक’, राम ढुंगाना ‘मस्ट फोटोजेनिक’, सागर चौधरी ‘बेस्ट वाक’, रिकेस घिमिरे ‘मस्ट ट्यालेन्ट’, लिकेश तामाङ ‘मस्ट ह्यान्डसम’, डिजन भट्टराई ‘बेस्ट स्पिच’, राकेश खिउजु ‘सोसल एम्बेसडर’ र सञ्जय तामाङ ‘बेष्ट पर्सनालिटी’ बने ।
 

प्रकाशित: ७ असार २०७५ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App