coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भारतले दशगजामा एकतर्फी बनाएको १५४ फिट लामो नाला पुरियो

गौशाला- महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला विहीबार एकाबिहानै पुरिएको छ। 

करिब एक महिनाअघि भारतले विहार राज्यको मधुवनी जिल्लाको मधवापुर शहरस्थित दशगजा क्षेत्रमा नेपालतर्फ क्षति र नोक्सानी पुग्ने गरी बनाएको १५४ फिट लामो नाला पुरिएको हो। 

भारतको मधवापुर पञ्चायतका मुखिया नीलाम्बर मिश्रले एकाबिहानै मेशिन र मजदूर लगाएर सो नाला पुरेका छन्। 

एक महिनाअघि भारतले दशगजामा नाला खनेको बेला महोत्तरी जिल्लाका प्रशासन र सुरक्षा निकायले स्थलगत निरीक्षण गरेर नाला पुर्नुपर्ने माग राख्दा त्यस बखत पनि माथिल्लो निकायको आदेशमा पुरिने भनिएको थियो। 

तर एक महिना बित्न लाग्दा पनि भारतको माथिल्लो निकायले कुनै चासो नलिएपछि मधवापुरका मुखिया मिश्रले नेपालीलाई सो नालाबाट हानी नोक्सानी र समस्या हुने गरेको भन्दै विहीबार बिहान उनले आफैँ सो नाला पुरेका हुन्। 

मुखिया मिश्रले नाला पुर्दै गर्दा भारतीय सुरक्षा निकाय वा अन्य कुनै निकायले कुनै अवरोध खडा गरेन। यसरी नाला पुरेपछि मुखिया मिश्रले अब पुनः कहिल्यै पनि नेपाल र भारत दुवैतर्फका स्थानीयवासीलाई मर्का पर्ने गरी दशगजामा कुनै पनि काम गर्न नदिइने प्रतिबद्धता जनाए। रासस

प्रकाशित: ६ असार २०७५ १६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App