८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कार्यस्थलमा हुने यौन दुर्व्यवहारको अनुसन्धान गरिने

अष्ट्रेलियाले कार्यस्थलमा हुने यौन दुर्‌व्यवहारको विषयमा राष्ट्रव्यापी रुपमा अनुसन्धान गर्ने घोषणा गरेको छ।

यौन दुर्व्यवहार विरुद्धको ह्यासट्याग मिटु अभियानको जवाफमा उक्त अभियानको एउटा भागको रुपमा अनुसन्धान गर्न लागिएको सेक्स डिस्क्रिमिनेशन कमिशनका आयुक्त केट जेन्किन्सले बताइन् ।

अष्ट्रेलिया सरकारले उक्त अनुसन्धान गर्न १२ महिना लाग्ने बताउँदै यौन दुर्व्यवहारको विषयमा गर्न लागिएको उक्त अनुसन्धान विश्वमै सबैभन्दा विस्तृत प्रकारको भनी व्याख्या गरेको छ । अनुसन्धानबाट यौन दुर्व्यवहारविरुद्ध भइरहेका मापदण्डहरु कार्यान्वयन गर्न र सम्भावित नयाँ कानुनहरु बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अष्ट्रेलियाको मानव अधिकार आयोगले अष्ट्रेलियाको कार्यस्थलमा हुने यौन दुर्व्यवहारलाई लगातार र बढ्दो समस्याको रुपमा उल्लेख गरेको छ । आयोगका अनुसार अष्ट्रेलियामा १५ वर्ष भन्दा माथिका २० प्रतिशत भन्दा बढी महिलाले कार्यस्थलमा यौन दुर्व्यवहारको सामना गरेका छन् ।

प्रकाशित: ६ असार २०७५ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App