coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काश्मिरमा राष्ट्रपति शासन लागु

नयाँ दिल्ली– भारत प्रशासित काश्मिरमा प्रत्यक्ष शासन लागु भएको छ । मुख्यमन्त्री मेबुबा मुफ्तीले मंगलबार राजीनामा दिएपछि काश्मिरमा प्रत्यक्ष शासन लागु भएको हो।

सत्ता साझेदार भारतीय जनता पार्टी भाजपाले समर्थन फिर्ता लिएपछि पिपल्स डेमोक्रेटिक पार्टीबाट मुख्यमन्त्री बनेकी मुफ्तीले मंगलवार राजीनामा गरेकि हुन्।

अब नयाँ सरकार गठन नभएसम्म वा चुनाव नभएसम्म उक्त राज्यका गभर्नरले शासन गर्नेछन्। गभर्नर एन एन बोहराले राष्ट्रपति रामनाथ कोविन्दको तर्फबाट सबै महत्वपूर्ण निर्णयहरु लिँदै राज्य सञ्चालन गर्नेछन्।

प्रकाशित: ६ असार २०७५ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App