७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

निलम्बित फिफा अध्यक्ष ब्लाटर रसियामा,पुटीनसँग भेटवार्ता गर्ने

रसिया - विश्व फुटबल महासंघ फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटर विश्वकप फुटबलमा सहभागिता जनाउन रसियन राष्ट्रपति भ्लादिमिर पुटीनकाे निमन्त्रणामा मंगलबार रसियाको मस्को पुगेका छन्।

त्यहाँ रहँदा ब्लाटरले बुधबार हुने पोर्चुगल र मोरक्को लगाएत विश्वकपका केहि खेल हेर्ने तथा रसियन राष्ट्रपति भ्लादिमिर पुटीनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। पुटीनको निमन्त्रणमा ब्लाटर मस्को पुगेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। ब्लाटरकै नेतृत्वकालमा रसियाले विश्वकप आयोजन गर्ने अवसर प्राप्त गरेको थियो।

मस्को पुगेका ब्लाटरले सेन्ट्रल मस्कोमा रहेको पाँचतारे होटलमा पत्रकारहरुसँग कुरा गर्दै आफु विश्वकप आयोजकहरुको निमन्त्रणामा रसिया आएको बताए। आफु रसिया आएकोमा खुसी व्यक्त गर्दै ब्लाटरले आयोजकले तय गरेका कार्यक्रमहरुमा आफु सहभागी हुने बताए।

यता मस्को स्थित क्रेमलिनका प्रवक्ता डिमिट्रि पेस्कोभले भने बुधबारनै राष्ट्रपति पुटिनसँग ब्लाटरको भेटवार्ताका लागी समय तय गरिएको बताए। पेस्कोभले ब्लाटर आफ्नो निजी भ्रमणका क्रममा रसिया आएको बताउँदै उनले गरेका भेटवार्ता र भ्रमण नितान्त व्यक्तिगत हुने बताए।

८२ वर्षीय ब्लाटर भ्रष्टाचारको आरोपमा सन् २०२१ सम्मलाई फुटबलका कुनैपनि गतिविधीमा सहभागी हुन नपाउने गरी निलम्बनमा परेका छन्।  तर फिफाको प्रतिबन्धले भने उनलाई कुनै पनि खेल हेर्न भने प्रतिबन्ध लगाएको छैन्।  
 

प्रकाशित: ६ असार २०७५ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App