coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तलव भत्ता माग्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित

जुम्ला - सरकारले स्थानीय तहमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तलव भत्ता नदिएको भन्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन।

स्वास्थ्यकर्मीहरुले नियमित रुपमा सेवा दिदै आएकोमा सरकारले तलव भत्ता नदिएर घरखर्च चलाउन मुस्किल परेको भन्दै तत्काल तलव भत्ताको व्यवस्थाको लागि माग गरिएको हो। जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत स्वास्थ्यमन्त्रालयमा ध्यानाकर्षण पत्र वुझाएर स्वास्थ्यकर्मीकाे पिरमर्का संवोधन गर्न आग्रह गरिएको छ।

 स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरु सबै भन्दा पहिले स्थानिय तहमा खटिएको भएपनि सरकारले उनीहरुको सेवा सुविधामा अंकुश लगाएको आरोप उनीहरुको छ।

स्वास्थ्य संस्थाहरु स्थानिय तहमा हस्तान्तरण समेत भैसकेको अवस्थामा स्वास्थ्य सेवाका कर्मचारीहरु स्थानिय तहमा कामकाज गर्दै आईराखेका छन।  हाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुलाई स्थानिय तहबाट नै तलब भत्ता बुझिलिने व्यबस्था भै आएकोमा विगत ४ महिना देखि विभिन्न गाउंपालिका,नगरपालिकाबाट स्वास्थ्य सेवाका कर्मचारीहरु मासिक तलब भत्ता,स्थानिय भत्ता,पोषाक भत्ता,फिल्ड भत्ता र महंगी भत्ता साथै म.स्व.से.हरुको भिटामिन ए यातायात खर्च समेत नपाएको गुनासो गरेका हुन।

श्रमिकहरुलाई मासिक तलब भत्ता नपाउने ,घर खर्च तथा पारिवारिक खर्च र विद्यार्थीहरुको पठन पाठनमा समेत असर पुर्याई शारीरिक तथा मानसिक समस्याको सामना गर्न परिरहेको भन्दै स्वास्थ्यमन्त्रालयको ध्यानाकर्षण गराएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदिश नेपालीले जानकारी दिए।  उनले भने, "कर्मचारीहरुले तलब,भत्ता नपाएको वारेमा पटक पटक अवगत गराउंदा पनि मागको सुनवाई नभएकाले वाध्य भएर आन्दोलनमा उत्रनु परेको हो ।   चालु आ.व. २०७४।७५ सकिनै लाग्दा समेत बजेट नआएकामा चिन्तित छौ", उनले थपे।

जिल्लाका ७ वटा गाउंपालिकाहरु र १ वटा नगरपालिकाका सम्पुर्ण स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संयोजकहरु संगठित भएर यथासिघ्र कर्मचारीहरुको मासिक तलब,भत्ता,स्थानिय भत्ता र पोशाक भत्ता पाउने माग सम्बोधन गर्न जोडदार माग गरिएको छ। यथासिघ्र सम्बोधन नभएमा चरणबद्व विरोधका कार्यक्रमहरु गर्न बाध्य हुने कुरा ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ। ज्ञापन पत्रमा जिल्लाका आठ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुले एक्केवद्धता जनाएका छन।

प्रकाशित: ६ असार २०७५ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App