८ वैशाख २०८१ शनिबार
समाज

पत्रकारलाई सूचना पाउन सकस

पाल्पा – पाल्पामा सूचना मागेर पाउनु सहजभन्दा सकस हुने गरेको गुनासो प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारीहरूलाई पत्रकारले राखेका छन्। उनीहरूले मासिक तथा चौमासिक रुपमा सार्वजनिक गर्नुपर्ने सूचना लिखित रुपमै माग्दा पनि नपाउने गरेको गुनासो गरेका छन्।

बुधबार जिल्ला प्रशासन कार्यालयले गरेको पत्रकार र सूचना अधिकारीहरूबीचको छलफलमा सर्वसाधारण जनतामा पुग्नुपर्ने सूचना कार्यालयबाट बाहिर आउन नसकेको बताएका हुन्। ‘हामी धेरै कार्यालयहरूमा सूचना लिखित नै मागेका छौं। हाकिमले तोक लगाएर राख्ने तर सूचना प्रवाह नगर्ने परम्परा बस्यो,’ पत्रकार माधव अर्यालले भने, ‘सूचना माग्दा गलत अर्थमा मागेकी भनेर शंका गर्ने अनी नदिने गरियो। हामीलाई सहज तथा सकस धेरै भो।’

पत्रकार महासंघका सचिव किरण कौशलले सूचना अधिकारीको पहुँचमा नै सूचना तथा तथ्याङ्कहरू नहुने गरेको बताए। उनी भन्छन्, ‘धेरै सूचना हाकिम र लेखासँग सम्बन्धित हुन्छन्। त्यसमा सूचना अधिकारी निरिह बनेर बस्छन्।’

पत्रकारहरूले वेबसाईट अपडेट नहुने, गुनासो पेटिका नखोलिने, सूचना पाटीमा विज्ञापनहरू टाँस हुने गरेको गुनासो गरे। उनीहरूले फेसबुक अपडेट गर्ने अधिकारीहरू अन्य कुराहरूमा समय नहुने भनेर पन्छिन नमिल्ने बताए। 

प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले सूचना अधिकारी भनेर नाम टाँस गर्ने सूचनाको हक तथा कार्यविधि कुन चराको नाम हो थाहा नपाउने ? प्रजिअ ढकालले भने, ‘सूचना अधिकारीहरूलाई इंकित गर्दै भने आजैका मितिदेखी ऐन, नियमावली तथा कार्यविधि पढ्नुस्। तालिम लिने हो भने पनि हामी व्यवस्था मिलाउँछौं।’ उनले जिल्लाबाट ४८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको बताउँदै जनताको सूचना पाउने अधिकारलाई सर्वव्यापी बनाउनुपर्ने बताए। 

पत्रकार महासंघका जिल्ला सभापति राजेशकुमार अर्यालले सूचना मागेर लिनेदिने विषय नभएको बताउँदै कार्यालयको महत्वपूर्ण जिम्मेवारीका रुपमा लिन आग्रह गरे। 

प्रकाशित: ६ असार २०७५ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App