८ वैशाख २०८१ शनिबार
समाज

रसुवामा हटलाइन सेवा सञ्चालन

रसुवा – नागरिकको समस्या तथा गुनासो सुन्नका लागि जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबारदेखि हटलाइन सेवा सुरु गरेको छ। 

जिल्लाको समग्र सार्वजनिक प्रशासन, सेवा प्रवाह, विपद् तथा शान्ति सुरक्षा लगायतको विषयमा भएका तथा हुन सक्ने गुनासा, सुझाव तथा जानकारी लिएर समाधान गर्नका लागि हटलाइन सेवा सुरु गरिएको हो। 

हटलाइन सेवा २४ सै घण्टा सुचारु हुने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। विपद् र शान्ति सुरक्षा सम्बन्धी सूचना आएमा तत्काल नै समाधान गरिने र सामान्य खालको गुनासो कार्यालय समयमा समाधान गरिने प्रजिअ पौडेलले बताए। 

राति प्राप्त भएको घटना ठुलो खालको भए तत्कालै समाधान गरिने छ, प्रजिअ पौडेलले भने, सार्वजनिक सेवा प्रवाह सम्बन्धी सूचनाको कार्यालय समयमा समाधान गर्छौ। कार्यालयमा आएका सार्वजनिक सेवा प्रवाहको गुनासो समाधानका लागि सम्बन्धीत कार्यालयलाई चिठी लेखेर जानकारी गराउने कार्यालयले जनाएको छ। 

हटलाईन नम्बर ०१०५४००१९ रहेको छ। त्यसैगरी कार्यालयले विपद् बारे जानकारी दिनका लागि एसएमएस सेवा समेत सुचारु गरिसकेको छ। 

प्रकाशित: ६ असार २०७५ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App