७ वैशाख २०८१ शुक्रबार
खेल

बल टेम्परिङमा मुछिए श्रीलंकाका कप्तान, आइसिसीले लगायो प्रतिबन्ध

दुबई– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले श्रीलंकाको टेस्ट क्रिकेट टिमका कप्तान दिनेश चन्दीमललाई बल टेम्परिङमा दोषी ठहर गर्दै प्रतिबन्ध लगाएको छ। 

आइसिसीको मंगलबार अबेर राति दुबईमा बसेको बैठकले चन्दीमलमाथि एक खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिबन्धका कारण कप्तान चन्दीमलले वेस्ट इण्डिजविरुद्ध बारबाडोसमा जुन २३ बाट सुरु हुने तेस्रो तथा अन्तिम टेस्ट म्याच खेल्न पाउने छैनन्। उनले जरिवानाका रुपमा १ सय प्रतिशत म्याच शुल्क पनि तिर्नुपर्नेछ। 

कप्तान चन्दीमलले वेस्ट इण्डिजविरुद्धको दोस्रो टेस्ट खेलका क्रममा आफ्नो खल्तीमा बल राखेर स्वीटनरले बल टेम्परिङ गरेका थिए। यद्यपी बल टेम्परिङको आरोप लाग्दा श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)ले उनको बचाउ गरेको थियो।

प्रकाशित: ६ असार २०७५ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App